Powered by Blogger.
सामाजिक कार्यमा लाग्न युवा ब्यवसायीहरुलाई आग्रह

संगीता डिम्दोङ
सिन्धुली, १४ जेठ । युवा ब्यवासायी कल्व सिन्धुलीले सोमबार सिन्धुलीमाढीमा आयोजना गरेको नबनिर्वाचित सिन्धुली उद्योग बाणिज्य संघका पदाधिकारी तथा समाजसेवी उज्जल बिक्रम थापालाई स्वागत तथा सम्मान कार्यक्रममा बोल्ने बक्ताहरुले युवा व्यवसायी कल्वलाई अझ जुझारु बनेर समाजसेवामा लाग्न आग्रह गरेका छन । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथी सिन्धुली उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष बिनेश श्रेष्ठले भने, “समृद्ध सिन्धुली बनाउनका लागि सिन्धुली उद्योग बाणिज्य संघ र युबा ब्यवासायी कल्व हातेमालो गदैँ अगाडि बढ्ने र्छौँ” उनले पछिल्ला दिनहरुमा सिन्धुली युवा ब्यवासायी कल्वले गदैँ आएको सामाजिक काम प्रति खुसि ब्यक्त गदैँ आगामी दिनहरुमा पनि समाजसेवामा लागिरहन आग्रह गरे । 
त्यस्तै बिशेष अतिथीको रुपमा बोल्दै समाजसेवी उज्जलविक्रम थापाले भने, हाम्रो गौरब हाम्रो सिन्धुलीको रुपमा स्थापित गर्न सबै पक्ष गम्भीर भएर आफ्नो सोचमा परिवर्तन गर्दै सामाजिक कार्यमा लाग्नु पर्ने बताए ।  उनले भने “सिन्धुलीको कमलामाई मन्दिरलाई पर्यटकीय आकर्षणको केन्द्रको रुपमा स्थापित गर्न सकिन्छ । बिकास सरकारले होइन हामी सबै मिलेर गर्ने हो ।” उनले बिकास र परिवर्तनका लागी समाजका शिक्षित ब्यक्तिहरु लाग्नु पर्ने बताए । युवा ब्यवसायी कल्वले गरेका सामाजिक गतिविधिहरुको प्रशसा गर्दै आगामी दिनमा सहकार्य गरेर काम गर्न आफु तयार रहेको समेत बताए । 
सिताराम पहाडीको स्वागत मनतव्यमा सम्पनन् कार्यक्रममा सिन्धुली उद्योग बाणिज्य संघको उद्योग उपाध्यक्ष राजमायाँ रायमाझी(कार्की)ले सिन्धुली जिल्लामा उद्योगको बिकासका लागी आफुहरु सबै युवा ब्यवसायीहरुसँगको सहकार्यमा काम अगाडि बढाउन तयार रहेको बताईन । 
अध्यक्ष संजीब सुन्दासको अध्यक्षता तथा सचिब संजीत कार्कीको सञ्चालनमा भएको कार्यक्रममा उद्योग वाणिज्य संघका सम्पूर्ण पदाधिकारी स्वागत तथा समाजसेवी उज्जल विक्रम थापालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 
स्थापनाको छोटो समयमा नै विभिन्न् सामाजिक काम गर्दै आएको युवा ब्यवसायी कल्वले भगबति बोर्डिङ स्कुलमा अध्यरत शैले शिखर अनाथालयका बालवालिकाहरुको शुल्क तिर्न २० हजार चेक हस्तान्तरण गर्ने समेत जनाएको छ । 
आगलागी पिडित, सडक दुर्घटनामा परेका बिरामी लगायतका ब्यक्तिहरुलाई सहयोग पुयाउँदै आएको कल्वले आपत्तकालिन कोषको स्थापना गरी अप्ठेरोमा परेकाहरुलाई सहयोग गर्ने समेत योजना बनाएको कल्वका सचिब संजीत कार्कीले बताए । 


,

0 comments

Write Down Your Responses