Powered by Blogger.
सिन्धुलीमा राष्ट्रिय अभिभावक संघ गठन


सिन्धुली, १९ श्रावण । सनिबार सिन्धुलीमाढीमा सम्पनन् एक भेलाले राष्ट्रिय अभिभावक संघ जिल्ला समिति सिन्धुलीको गठन गरेको छ ।
संघका केन्द्रिय सदस्य मुरारी भण्डारीको विशेष उपस्थितीमा सम्पनन् समारोहले इन्दिरा काफ्लेको अध्यक्षतामा ७ सदस्यीय जिल्ला सम्मेलन आयोजक समितिको गठन गरेको जनाइएको छ ।
सम्मेलन आयोजक समितिको उपाध्यक्षमा कृष्ण प्रसाद पोखरेल, सचिबमा बुद्धकुमार आछामी, कोषाध्यक्षमा लिलानाथ काफ्ले र सदस्यहरुमा भुल बहादुर रानामगर, रन्जना कुमारी ठकुरी र घनश्याम बस्नेत रहेका छन ।
जिल्ला समिति गठन पछिको पहिलो बैठकले असोज १५ गते भित्र संघको भब्यताका साथ जिल्ला सम्मेलन सम्पनन् गर्ने निर्णय गरिएको सचिब बुद्धकुमार आछामीले जानकारी दिए ।


, ,

0 comments

Write Down Your Responses