Powered by Blogger.
सिन्धुलीका सात सय किसान मौरीपालन गर्दै



सिन्धुली । जिल्लामा व्यावसायिक रूपमा मौरीपालन गर्ने किसानको सङ्ख्या बढेको छ । जिल्लामा अहिले करिव ७ सय जना किसानले व्यवसायीक रुपमा मौरीपालन गर्ने गरेकोे जिल्ला कृषी विकास कार्यालय सिन्धुलीले जनाएको छ ।

मौरीपालक किसानहरुलाई कार्यालयले आर्थिक तथा प्राविधिक सहयोग गर्ने गरेको छ । किसानले वर्षमा ६० देखि ७० घार मौरीसमेत बिक्री गर्ने गरेका छन् । वर्षमा एक घार मौरीले १० देखि १५ केजीसम्म मह उत्पादन गर्ने किसान तथा मौरीपालन सम्बन्धी तालिम प्रशिक्षक जीवनाथ बरालले बताए ।

१५ वर्षदेखि व्यावसायिक मौरीपालन गर्दै आएका बराल अन्य व्यावसायको तुलनामा मौरी पालन सहज हुने बताउँछन् । आफूले सिन्धुली जिल्लाबाहिर आधुनिक मौरीका घारहरु धनकुटा, इलाम, भोजपुरलगायतका जिल्लामा बिक्री गर्ने गरेको उनी बताउँछन् । वर्षमा ६० घार भन्दा बढी मौरी विक्रि गर्ने गरेको उनले बताए । उनले एकपटकमा ५० देखि ६० केजी मह उत्पादन गर्ने गरेको बताए । मह विक्रिवाट वर्षमा एक लाखभन्दा बढि आम्दानी हुने उनले वताए ।

आधुनिक घारहरु किसानहरुको लागि निकै प्रभावकारी भएको जिल्ला कृषि विकास कार्यालयकाको भनाई छ । वर्षमा प्रतिघार १० देखि १५ केजी मह उत्पादन हुने उनले वताए ।


,

0 comments

Write Down Your Responses