Powered by Blogger.
घर जग्गामा महिलाको समित्व, ग्रामीण क्षेत्रमा कम सहरी क्षेत्रमा बढी

बुद्ध नेपाली, सिन्धुली, भदौ ३ 
आफ्नो नाममा ३ कठ्ठा जमिन पास भएपछि सिन्धुलीको तिनपाटन गाउपालिका – १० की उर्मिला राउत नि कै फुरुङ भएकी छिन । आफ्नो स्वामित्वमा जग्गा नहुदाँ उनलाई पछिको भविष्यको चिन्ता लाग्ने गथ्र्यो । आईतवार जिल्ला मालपोत कार्यालयमा आफ्नो नाममा जग्गा पास भएपछि उनी फुरुङ भएकी हुन् । 


आईतवार नै जिल्ला मालपोत कार्यालयमा कमलामाई नगरपालिका –४ की इन्दिरा फुयाल, वडा नं. १ की अनिता कुमारी वाइवा र  साविक हत्पते गाविस–८ की निर्मला अधिकारीले पनि आफ्नो नाममा जग्गा पास गरेकी छन् । 


यी चार महिला उदाहरण मात्र हुन । जिल्लामा उनीहरु जस्तै थुप्रै महिलाको नाममा जग्गा पास हुन थाले पछि उनिहरु खुसी मात्र हैनन् महिलाको नाममा घरजग्गाको समित्व समेत बढ्न थालेको छ । सिन्धुलीमा पछिल्लो समय महिलाको नाममा जग्गापास गर्ने क्रम बढ्दै गएको हो । 


जिल्ला मालपोत कार्यालय सिन्धुलीका अनुसार गत आर्थीक वर्ष २०७४÷०७५ मा मात्र २ हजार ३ सय १७ महिलाले आफ्नो नाममा जग्गा दर्ता गराएका छन् । महिलाहरु आफैं सक्षम बन्दै गएका र महिलाको नाममा घरजग्गा राजिष्ट्रेशन गर्दा मालपोत दस्तुरमा २५ प्रतिसत् सम्म छुटपाउने भएपछि महिलाको नाममा घरजग्गा पास गर्नेहरुको संख्यामा समेत बृद्धि हुँदै गएको मातपोत कार्यालय सिन्धुलीका नायब सुब्बा तथा सूचना अधिकारी शेषराज ढकालको भनाई छ ।  


केहीवर्ष अघि सम्म जिल्लामा महिलाको नाममा घरजग्गा दर्ता हुनेक्रम निक्कै कम मात्र थियो । आर्थीक वर्र्ष २०६९÷७० वर्ष मालपोत दस्तुरमा महिलाका लागि २५ प्रतिशत सम्म छुटको व्यवस्था गरेपछि यस्तो संख्यामा बृद्धि हुँदै गएको हो ।


महिलाको नाममा घरजग्गा दर्ता बढेसंगै त्यसमा उनिहरुको समित्व समेत बढ्दै गएको ढकालको भनाई छ । राजस्व छुटले महिलाहरुलाई अवसर संगै घरजग्गाको मालिक हुने अवसर दिएको छ । आर्थिक वर्ष २०७०÷७१ यता हरेक वर्ष महिलाको नाममा घरजग्गा रजिष्ट्रेशन गर्ने कार्य बढ्दै गएको ढकालको भनाई छ ।


यसरी आफ्नो नाममा घरजग्गा दर्ता गर्ने महिलाहरुको संख्या ग्रामिण क्षेत्रको तुलनामा शहरी क्षेत्रमै बढी भएको पाइएको छ । मालपोत कार्यालयको गत आर्थीक वर्ष २०७४÷७५ को तथ्यांकलाई हेर्दा २ हजार ३ सय १७ महिलाले आफ्नो नाममा जग्गापास गरेका छन् । त्यस मध्ये ग्रामीण क्षेत्र अर्थात गाउपालिकाका ७ सय ९४ जना महिलाहरुले आफ्नो नाममा घरजग्गा दर्ता गराएका छन् भने सहरी क्षेत्र अर्थात नगरपालिकाका १ हजार ५ सय २३ जना महिलाले आफ्नो नाममा जग्गापास गरेका छन् ।


कार्यालयका अनुसार महिलाको नाममा राष्ट्रिेशन दर्ता गराउँदा गत आर्थीक वर्ष २०७४÷७५मा १ करोड १४ लाख ६९ हजार १ सय ८३ रुपैया कर छुट समेत पाएका छन् । 


यस बाहेक जिल्ला मालपोत कार्यालय सिन्धुलीमा गत आर्थिक वर्ष २०७४÷७५ मा कुल ८ हजार ३ सय २३ वटा लिखत पारित भएका छन् । 











,

0 comments

Write Down Your Responses