Powered by Blogger.
मंगलवार क्वाटर फाईनलका अन्तिम दुई खेल हुदै

बुद्ध नेपाली, भदौं १२, सिन्धुली - सिन्धुलीमाढीमा जारी भद्रकाली अटोकप खुल्ला फुटबल प्रतियोगीता अन्तर्गत मंगलवार क्वाटर फाईनलका अन्तिम दुई खेल हुदैछन् । मंगलवारको पहिलो खेलमा जरोयाटार युवा क्लव र डाइमन युवा क्लव विच प्रतिस्पर्धा हुदैछ । भने दोस्रो खेलमा ह्याङलाङ सोलखाङ र विहानी युवा क्लव विच प्रतिस्पर्धा हुदैछ । 

सोमवार भएको पहिलो खेलमा बर्द बहादुर गण सेमिफाईनल प्रवेश गरेको छ । बथान चौरी युवा क्लवलाई पराजित गर्दै बर्द बहादुर गण सेमिफाईनलमा प्रवेश गरेको हो । बर्द बहादुर गणले बथान चौरी युुवा क्लवलाई २– १ गोल अन्तरले पराजित गरेको थियो । 

प्रतियोगीताको दोस्रो खेलमा सिन्धुली एकेडेमी ‘ए’ पनि सेमिफाईनल प्रवेश गरेको छ । 

सिन्धुली एकेडेमी ‘ए’ ले पिटपिटे गाडीका चालकहरुको समुहलाई टाईबेकरमा ४– ३ गोल अन्तरले पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको हो । 

खेलको निर्धारित समयमा यी दुई क्लव विचको खेल १।१ गोलको बराबरी भएपछि खेलको निर्णय टाईबेकर मार्फत गरिएको आयोजकले जनाएको छ । 

भद्रकाली यातायात प्रालीको अयोजनामा प्रतियोगीता सुरु भएको हो । प्रतियोगीतामा पहिलो, दोस्रो र तेस्रो हुने युवा क्वलले क्रमस ३० हजार नगद तथा मेडल प्रमाण पत्र , १५ हजार नगद तथा मेडल प्रमाण पत्र र ७ हजार नगद तथा मेडल प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । 

प्रतियोगीता आउँदो १५ गते सम्म चल्ने छ । 



,

0 comments

Write Down Your Responses