Powered by Blogger.
गाउँपालिकाको निर्णय विरुद्ध शिक्षक संगठन

भदौं १२, सिन्धुली - स्थानीय तहले शिक्षण संस्था र शिक्षक माथी हस्तक्षप गरेको भन्दै सिन्धुलीको गोलञ्जोर गाँउपालिकाले गरेको निर्णयको फिर्ताको माग गर्दै दुई शिक्षक संगठनले विरोध जनाएका छन् । 

गाउँपालिका भित्रका शैक्षिक संस्था माथी ठाडो हस्तक्षप गरेको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनले एक संयुक्त विज्ञप्ती निकाल्दै स्थानीय सरकारको ध्यानाकर्षण गराएका हुन् ।

गाँउपालिकाले भदौ ७ गते पेशागत संगठनहरुको मर्यादायमा आँच पुग्ने खालको निर्णय गरेको भन्दै उनिहरुले उक्त निर्णय खारेज गर्न समेत भनेका छन् । 

विज्ञप्तीमा भनिएको छ, ‘विद्यालयमा गाँउपालिकाको शैक्षिक हस्तक्षेप बन्द गरि विद्यालयलाई दिइने शैक्षिक अनुदान विद्यालयको वास्तविक अवस्था र शिक्षकको मौजुदा अवस्थालाई हेरेर मात्र वितरण गरिनु पर्दछ ।’

त्यस्तै श्रोत व्यक्ति माथिको हस्तक्षेप बन्द गर्दै शिक्षक दरबन्दी मिलानमा शिक्षकका पेशागत संस्थाको समान प्रतिनिधित्व र समावेशीको आधारमा हुनुपर्ने माग समेत गरेका छन् ।


0 comments

Write Down Your Responses