Powered by Blogger.
भद्रकाली अटोकप खुल्ला फुटबलको फाईनल खेल शुक्रवार हुने

बुद्ध नेपाली, भदौ १४, सिन्धुली - सिन्धुलीमाढीमा जारी भद्रकाली अटोकप खुल्ला फुटबलको फाईनल खेल शुक्रवार (भोली) हुने भएको छ । भोली हुने फाईनल खेलमा सिन्धुली एकेडेमी ‘ए’ र जरायोटार युवा क्लव विच प्रतिस्पर्धा हुने छ । 

सेमिफाईनल खेलमा बर्द बहादुर गणलाई १–० गोल अन्तरले पराजित गर्दै सिन्धुली एकेडेमी ‘ए’ प्रतियोगीताको फाईनमा प्रवेश गरेको हो । जरायोटार युवा क्लवले विहानी युवा क्लवलाई टाईबेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सिन्धुली एकेडेमी ‘ए’सँगको फाईनल यात्रा तय गरेको थियो । 

भद्रकाली यातायात प्रालीको अयोजनामा प्रतियोगीता सुरु भएको हो । प्रतियोगीतामा पहिलो, दोस्रो र तेस्रो हुने युवा क्वलले क्रमस ३० हजार नगद तथा मेडल प्रमाण पत्र , १५ हजार नगद तथा मेडल प्रमाण पत्र र ७ हजार नगद तथा मेडल प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । 


0 comments

Write Down Your Responses