Powered by Blogger.
मरिण गाउँपालिका १ की निर्वाचित महिला सदस्यको मृत्यु

सिन्धुली भदौं १५ - सिन्धुलीको मरिण गाउँपालिका १ की निर्वाचित महिला सदस्यको मृत्यु भएको छ । 

गत २०७४ बैशाख ३१ ग्ते सम्पन्न पहिलो स्थानीयतहको निर्वाचनमा महिला सदस्यमा निर्वाचित चिर्मूमाया मुक्तानको बिहिबार राती मृत्यु भएको हो । 

विभिन्न रोगबाट ग्रसित मोक्तानको घरमै राती करिव १२ बजेतिर मृत्यु भएको गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले बताए । मोक्तानको मृत्युले गाउँपालिकाको विकासको गतीमै असर पुगेको अध्यक्ष बम्जनको भनाई छ ।

यसै विच महिला सदस्य मोक्तानको मृत्यु पछि शुक्रबार बसेको मरिण गाउँपालिका कार्यपालिकाको बैठकबाट दुःख ब्यक्त गर्दै मृत आत्माको चीर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गरेको छ । मोक्तानको शुक्रबार नै श्रदान्जली सभापछि अन्तिम दाह संसकार गरिएको छ ।  


0 comments

Write Down Your Responses