NEWS
,
SPECIAL
»
मरिणखोलाको पक्की पुलको भब्य उदघाटन(फोटोफिचर)
मरिणखोलाको पक्की पुलको भब्य उदघाटन(फोटोफिचर)
सिन्धुली(मरिण) भाद्र २० । नेपाल सरकारका पुर्व प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले मरिण गाउँपालिका वडा नंं.६ र ४ जोड्ने ४०० मिटर लामो पक्की पुलको उदघाटन गरेका छन । पुलको उदघाटन गर्दै दाहालले अव देश विकासमा राम्रो काम गर्नेलाइृ पुरस्कृत र नराम्रो गर्नेलाई दण्डित गर्ने वताएका छन् ।
२०७३ असार २९ मा सम्झौता भई कामको जिम्मेवारी लिएको कालिका–तुदीँ–रसुवा जे.वि काठमाण्डौले २०७६ पौष २८मा सम्पन्न गर्नुपर्ने भएतापनी कम्पनीले डेढ वर्ष अगाडी नै कार्यसम्पन्न गरेको थियो । सो पुलको २०७३ मंसिर १२ गते दाहालले नै सिलन्यास गरि समयवधी भन्दा चाडो काम सम्पन्न गरे पुरस्कृत गर्ने वताएका थिए । दाहाल त्यतिवेला देशको प्रधानमन्त्रिको थिए । दाहालको त्यो निर्देशन अनूरुप निमार्ण ठेक्का पाएको कम्पनीले समयमै काम सम्पन्न गरेको हो । कुल ४९ करोड चौध लाख विस हजारको लागतमा उक्त पक्की पुल निर्माण गरिएको आयोजनाले जनाएको छ ।
कार्यक्रममा सम्वोधन गर्दै दाहालले कम्युनिष्ठ सरकारलाई स्वतन्त्र तरिकाले काम गर्न नदिई असफल पार्नै सड्यन्त्र भएको समेत वताए । आफ्नो पार्टी नेतृत्व सरकारको कार्यकालमा गुणात्मक रुपमा परिर्वतन गरि काठमाण्डौलाई चाडै हिलो र धुलो मुक्त वनाई सिङ्गो देशकै युगान्तकारी तरिकाले विकास गर्ने वताए ।
कार्यक्रममा भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्रि रघुविर महाशेठ, सिन्धुली प्रतिनिधी सभा सभाषद हरिवोल गजुरेल, पुर्व खेलकुद राज्यमन्त्री गोपी आछामी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुष्पराज कडेल, सडक बिभागका महानिर्देशक रबिन्द्रनाथ श्रेष्ठ, प्रदेश सांसद तथा बिभिन्न गाउँ तथा नगरपालिकाका अध्यक्ष उपाध्यक्षहरुको उपस्थित थियो ।
0 comments
Write Down Your Responses