Powered by Blogger.
अध्यक्ष दाहालबाट सहिद ‘विशाल कुमार’ स्मृति प्रतिष्ठानको शिलान्यास

बुद्ध नेपाली, सिन्धुली, भदौं २० - पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) बुधवार सिन्धुलीको मरिण गाउपालिका आई पुगेका छन् । 

हेटौडा–सिन्धुली–चतरा राजमार्ग अन्र्तगत मरिण गाउपालिका–६ नयाँ बस्ती र ४ को सहान जोड्ने मरिण खोलाको पक्की पुल उद्घाटन गर्न अध्यक्ष दाहाल मरिण गाउपालिका आईपुगेका हुन् । 

अहिले उक्त पुलको उद्घाटन समारोह सुरु भएको मरिण गाउपालिकाले जनाएको छ । 

मध्याह्न १२ बजे मरिण आईपुगेका अध्यक्ष दाहालले सुरुमा दशवर्षे जनयुद्धका सहिद शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृति प्रतिष्ठानको शिलान्यास गरेका छन् । 

उक्त समारोहको रेडियो बिजय किल्ला ९३ मेगाहर्जले प्रत्यक्ष प्रशारण गरेको छ । 


0 comments

Write Down Your Responses