फिक्कल गाउपालिका सचिव विहीन

स्थानिय तह कार्यान्वयनमा आएसँगै बनेका फिक्कल गाउपालिकाका ६ ओटै वडामा सचिव नभएपछि दैनिक कामकाज प्रभावित भएको फिक्कल गाउपालिकाका अध्यक्ष धन बहादुर कार्कीले जानकारी दिनुभयो ।
साविकका सोल्पाठाना, खाँङसाँङ, पोखरी, रत्नावती, खोलागाउ, महादेवडाँडा गाविस समेटेर फिक्कल गाउपालिका बनाइएको छ ।
स्थानिय तहको निर्वाचन हुनुभन्दा अगाडी नै साविकका पोखरी गाविस र रत्नावती गाविसमा सचिव भएपनि त्यहाका सचिव पनि सुरुवा भएपछि सविच विहीन अवस्थामा ६ ओटै वडाहरु संचालन हुदै आएको गाउपालिकाका अध्यक्ष कार्कीको भनाई छ ।
स्थानिय तहको निर्वाचन पछि वडाबाट प्रभावकारी काम गर्नुपर्ने भएपनि दक्ष कर्मचारी अर्थात सचिव नभएपछि प्राविधिक सहायक र कार्यालय सहायकबाट दैनिक कामकाज गर्नुपर्दा समस्या उत्पन्न भएको अध्यक्ष कार्कीको गुनासो छ ।
सविच उपलब्ध गराउन संघिया ममिला तथा सामान्य प्रशासन मन्त्रालयमा माग गरेपनि अहिले सम्म सचिव नपठाएको अध्यक्ष कार्कीको भनाई छ । सचिव ल्याउन पहल गर्न जिल्लाका संघ तथा प्रदेश साँसदहरुसँग पनि आग्रह गरिएको अध्यक्ष कार्कीले बताउनुभयो ।
0 comments
Write Down Your Responses