Powered by Blogger.
नेकपाका अध्यक्ष दाहाल भोली सिन्धुली आउदै

बुद्ध नेपाली, सिन्धुली, भदौं १९ - पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) भोली (बुधवार) विहान सिन्धुली आउदैछन् । मरिण गाउपालिका–६ नयाँ बस्ती र ४ को सहान जोड्ने मरिण खोलाको पक्की पुल उद्घाटन गर्न अध्यक्ष दाहाल बुधवार मरिण गाउपालिका आउने भएका हुन । अध्यक्ष दाहाल बुधवार विहान ९ ः ३० बजेको समयमा मरिण गाउपालिका आईपुग्ने कार्यक्रम रहेको मरिण गाउपालिकाका अध्यक्ष पानीराज बम्जनले जानकारी दिए । 


सम्झौताको अवधी सकिनु भन्दा १८ महिना अघि नै निर्माण सम्पन्न भएको मरिण पक्की पुल अध्यक्ष दाहालले उद्घाटन गरेसँगै भोलीबाट संचालनमा आउने भएको छ । ४ सय मिटर लम्बाईको मरिण खोलाको पुल २०७३ साल मंसिर १२ गते आफु प्रधानमन्त्री रहदाँ अध्यक्ष दाहालले नै पुलको शिलान्यास गरेका थिए । अध्यक्ष दाहालले बुधवार नैै सहिद विशाल, कुमार स्मृति प्रतिस्ठानको शिल्यान्यास गर्ने कार्यक्रम रहेको गाउपालिकाका अध्यक्ष बम्जनले बताए । 

सहिद विशाल, कुमार स्मृति प्रतिस्ठानको सम्पुर्ण डिजाईन निर्माण भईरहेको र तत्कालका लागी गाउपालिकाले आर्थिक वर्ष २०७५।०७६ मार्फत ४० लाख रकम विनियोजन गरेको अध्यक्ष बम्जनको भनाई छ । अध्यक्ष बम्जनका अनुसार सहिद विशाल, कुमार स्मृति प्रतिस्ठानमा भ्यु टावर, भवन लगाएत पुर्वाअञ्चल क्षेत्रकै सहिदहरुको झल्को दिने गरी स्मृति प्रतिष्ठान निर्माण गर्ने गाउपालिकाको लक्ष्य रहेकाले आवश्यक सहयोगका लागी जिल्लाका प्रेदशसभा साँसद तथा संघ साँसदहरुसँग छलफल भएको छ । 

साथै अध्यक्ष दाहालले बुधवार नै मरिण प्राकृतिक श्रोत व्यवस्थापन कलेजको निर्माण हुन थालेको नयाँ भवनहरुको डिजाईन अवलोकन गर्ने कार्यक्रम रहेको छ । मरिण प्राकृतिक श्रोत व्यवस्थापन कलेजको आवास गृह, भवन, सभाहल लगाएतको संरचना निर्माण हुने अध्यक्ष बम्जनले बताए । 

पुलको उद्घाटन कार्यक्रममा सहभागी हुन बुधवार अधयक्ष दाहालसँगै भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, भौतिक तथा पुनःनिर्माण मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सदस्य, सिन्धुलीका पुर्व सांसदहरु, वर्तमान संघ तथा प्रदेशसभाका सांसदहरु, स्थानिय तहका जनप्रतिनिधिहरुको उपस्थिती रहने गाउपालिकाका अध्यक्ष बम्जनले जानकारी दिए ।  

पुल उद्घाटन समारोहको सामुदायिक रेडियो विजय किल्ला ९३ मेगाहर्जले प्रत्यक्ष प्रशारण गर्ने रेडियोले जनाएको छ । 


,

0 comments

Write Down Your Responses