Powered by Blogger.
नगरपालिकाका विद्यालयहरुलाई यू लर्निङका सामाग्री वितरण

बुद्ध नेपाली, सिन्धुली भदौं २३ - सिन्धुलीको कमलामाई नगरपालिकाका १४ ओटा सामुदायिक विद्यालयहरुलाई कोरियन प्रविधिको सिकाई सामाग्री (यू लर्निङ) का सामाग्री भएको बाकस वितरण गरिएको छ । ३९ औं शिक्षा दिवस तथा ५२ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा शनिवार कमलामाई नगरपालिकाले आयोजना गरेको एक कार्यक्रमकामा नगरभित्रका १४ वटा विद्यालयहरुलाई बाकस वितरण गरिएको हो । 

यू लर्निङका सामाग्रीहरु विद्यालयको कक्षा कोठामा प्रयोग गर्ने तरिका सिकाउन तिन दिनको तालिमको आयोजना गरेर नगरपालिकाले सामाग्री वितरण गरेको छ । 

काठमाडौं विश्व विद्यालय र त्रिभुवन विश्व विद्यालयको संयोजनमा कमलामाई नगरपालिकाको तालिमको आयोजना गरेको नगरपालिकाले जनाएको छ । नगरभित्रका १४ वटा विद्यालयका दुई।दुई जना शिक्षक गरी २८ जना शिक्षकहरुलाई यू लर्निङका सामागी्र प्रयोग गर्ने तालिम दिई सामाग्री वितरण गरिएको कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीले बताउनुभयो । 

नगरपालिकाको शैक्षिक गुणस्तर बृद्धिमा सहयोग पुग्ने भएकाले (यू लर्निङ) को तालिम आयोजना गरेर बाकस वितरण गरिएको नगरप्रमुख खत्रीको भनाई छ । 


,

0 comments

Write Down Your Responses