Powered by Blogger.
हत्कडीसहित भागे अभियुक्त

बुद्ध नेपाली, भदौं २४, सिन्धुली – जबरजस्ती करणीको आरोपमा प्रहरीले काठमाडौंबाट प्रक्राउ गरी सिन्धुली ल्याउने क्रममा एक किशोर प्रहरीको साथैबाट हत्कडीसहित फरार भएका छन्। जवरजस्ती करणी गरी फरार रहेका सर्लाही ईश्वरपुर नगरपालिका(५ का सन्जु भनिने संजय परियारलाई पक्राउ गरी ल्याउने क्रममा सिन्धुलीको सुनकोशी गाउँपालिका(३ बाट पुनः फरार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

विशेष सुराकीको आधारमा काठमाडौंबाट पक्राउ गरी ल्याउने क्रममा सुनकोशी गाउँपालिका ३ को पूर्ण थकाली होटलमा खाना खाई गाडी चढ्ने क्रममा आरोपी परियार हत्कडीसहित फरार भएको सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले बताए।  

फरार परियारलाई खोजतालास गरिए पनि हालसम्म फेला नपरेको प्रहरी उपरीक्षक यादवको भनाइ छ। उचाइ अन्दाजी ५ फिट ४ इन्च, कपाल पहेँलो रंगको, अनुहार लाम्चो, पातलो शरीर, रातो रंगको भेष्ट लगाएको, कालो रंगको कोरियन जिन्स लागाएको र हातमा हतकडी रहेको हुलियामा फरार परियार देख्ने भेट्नेले नजिकको प्रहरी कायालयमा खबर गरी आवश्यक सहयोग गर्न प्रहरीले आग्रहसमेत गरेको छ।



,

0 comments

Write Down Your Responses