Powered by Blogger.
प्रथम तिज उद्यमी व्यापार मेला २०७५ सुरु

बुद्ध नेपाली, सिन्धुली, भदौं २४ - सिन्धुलीमाढीमा शनिवार देखि प्रथम तिज उद्यमी व्यापार मेला २०७५ सुरु भएको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा महिला उद्यमी संघ सिन्धुलीको आयोजनामा सुरु भएको प्रथम तिज उद्यमी व्यापार मेलाको एक कार्यक्रमका विच सिन्धुलीका प्रदेशसभा साँसद प्रदिप कटुवालले उद्घाटन गनुभएको हो । 

उत्पादनसँग जोडिएका महिलाहरुले उत्पदान गरेका स्थानिय जित विशेष सामाग्री र सिप मुलक सामाग्रीको प्रचार –प्रसार तथा प्रबद्र्धन गर्ने लक्ष्यका साथ मेलाको आयोजना गरिएको महिला उद्यमी महासंघ सिन्धुलीले जनाएको छ ।

शनिवार र आईतवार गरी दुई दिन सम्म चल्ने मेलामा जिल्लाका उद्यमी महिलाहरुले उत्पादन गरेका तिजको दर, सामान्य रुपमा तिजमा लगाईने कपडा, सामान्य गरगहना, दुग्धजन्य पर्दाथ, मिठाई, अचार, लगाएतका चिजहरु स्टलमा राखिएको छ । 

त्यस्तै सिप मुलकमा स्थानिय महिलाहरुले बनाएका ढाका, बासका सामाग्री, जुनारको जुस लगाएतका सामाग्री मेलामा राखिएको महिला उद्यमी महासंघ सिन्धुलीका अध्यक्ष निरु श्रेष्ठले बताउनुभयो ।  मनोरञ्जनका रुपमा मात्रै तिजलाई मनाउनु भन्दा उत्पदानसँग जोडेर यस वर्षको तिजलाई मनाउन भन्ने उदेश्यका साथ मेलाको आयोजना गरिएको अध्यक्ष श्रेष्ठको भनाई छ । 

‘हामी सवै सरोकारवालाहरुको यो उदाहरण, महिला उद्यमीको माध्यमबाट आर्थिक शसक्तिकरण’ भन्ने नाराका साथ कमलामाई नगरपालिकाकोे आर्थिक सहयोग, उद्योग बाणिज्य संघ सिन्धुली, घरेलु तथा साना उद्योग विकास समिति, सौगात लघु उद्यम, सहकार्य नेपालको साझेदारीमा महिला उद्यमी महासंघले मेलाको आयोजना गरेको हो ।   


,

0 comments

Write Down Your Responses