Powered by Blogger.
कम्युनिष्ट नेतृत्वको सरकार असफल हुने कुनै छुट छैन् ः प्रवक्ता श्रेष्ठ

बुद्ध नेपाली,सिन्धुली, भदौं २२ - सिन्धुली – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रबक्ता नारायणकाजी श्रेष्ठले पार्टीको साँगठनिक एकिकरणको काम यही भदौं २७ गते सम्म सकिने बताएका छन् । शुक्रवार सिन्धुलीमाढीमा नेता कार्यकर्तासँगको भेटघाट कार्यक्रममा सम्बोधन गर्दै प्रबक्ता श्रेष्ठले भारत भ्रमणमा रहेका पार्टीका अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड) स्वादेश फर्किएपछि पार्टीको सचिवालय बैठक, स्थायी समिति बैठक बसेर भदौं २७ गते सम्म पार्टीको साँगठनिक एकिकरणको काम सक्ने तयारी भएको बताएका हुन् । 

भदौं २४ र २५ गते सचिवालय बैठक बस्ने र २६ र २७ गते स्थायी समिति बैठक बसेर प्रदेश तथा जिल्ला कमिटि र त्यसभन्दा तलका सवै साँगठनिक एकिकरणको प्रक्रिया पुरा गर्ने पार्टीको योजना रहेको स्प्रष्ट पारे । 
प्रबक्ता श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असफल हुने कुनै छुट नरहेको पनि बताएका छन् । लोकतन्त्रमा विश्वास गर्ने, यो देश विकास होस्, समृद्ध होस् भनेर आशा गर्ने सवै जनताले बहुमतको सरकार र राजनितिक स्थितरताबाट धेरै ठुलो अपेक्षा गरेर समर्थन गरेकाले सरकार सफल हुनुपर्ने र सवै मिलेर सफल बनाउनुपर्ने बताए । 

कम्युनिष्ट सरकार आएपछि जनताले आफ्नो जीवनमा परिवर्तनको अनुभुत गर्न नसके पार्टी असफल हुने र कम्युनिष्ट अन्दोलन, सारा आर्थिक, सामाजिक, रुपान्तरणको प्रक्रिया क्षतविच्छेद हुने प्रवक्ता श्रेष्ठको भनाई छ । उनले भने‘ कम्युनिष्ट सरकार आएपछि सामाजिक आर्थिक रुपान्तरणको कामलाई सहि ठंगले पुरा गर्न सकेन भने, जनताले अनुभुत गर्ने गरी परिवर्तन गर्न सकेन भने हाम्रो पार्टी, कम्युनिष्ट अन्दोलन, सारा कुरा क्षतविच्छेद हुन्छ’ । 
यतिबेला पार्टीको मुख्य राजनितिक कार्यभार सरकारलाई सफल बनाउनु भएको, सामाजिक न्याय, सहितको समृद्धिको लक्ष्य पुरा गर्नु रहेकाले यो काम पुरा गर्न सरकारको गम्भिर समिक्षाको प्रक्रिया सुरु भएको प्रबक्ता श्रेष्ठले सुनाए ।  उनले भने ‘सरकारले गरेका सकाराम्मक कामहरुको सुचि नै बनाएर नहिच्कीचाईकन सरकारको आत्म समिक्षा गर्नुपर्छ, जनतासँग गरेका के के प्रतिबद्धता पुरा भए, के के पुरा गर्नुपर्छ, कसरी परिणाम मुखी बनाउने भनेर सरकारको कामको गम्भिर समिक्षा गर्नुपर्छ, सरकार सफल बनाउन गुरु योजना बनाउनु नै पर्छ’ । 

कम्युनिष्ट नेतृत्वमा भएको सरकारले ५ वर्ष भित्रमा आधारभुत रुपमा परिवर्तन दिने गरी काम गर्नुपर्ने र अहिले नै हतास हुनुपर्ने अवस्था नभएको बताउदै गम्भिर आत्म समिक्षा गरेर जनतालाई दिएको प्रतिबद्धता पुरा गर्न तर्फ सरकार केन्द्रीत हुनुपर्ने प्रवक्ता श्रेष्ठको भनाई छ । 

पार्टीमा गुट र गिरोको चलखेल सुरु भएका तर्फ संकेत गर्दै प्रवक्ता श्रेष्ठले पार्टी विधि, पद्धती र संस्थागत ढंगमा कम्युनिष्ट पार्टी जस्तो गरी कसरी चलाउने भनेर सोच्नुपर्ने वेला आएको पनि बताए । 

बहुदलीय प्रतिस्पर्धामा गएर सरकार चलाएको पार्टी व्यक्ति व्यक्ति कसैले चलाउछु भन्दैमा पार्टी नचल्ने बताउदै गुटलाई निरुत्साहीत गर्ने र गिरोह बन्नै नदिई पार्टी संचालन गर्नुपर्ने बताए । 

प्रवक्ता श्रेष्ठ मदन भण्डारी एसियाली विद्यालयका विद्यार्थीहरुसँगै शुक्रबार सिन्धुली आइपुगेका हुन् । 



,

0 comments

Write Down Your Responses