Powered by Blogger.
मुलुकी सहिंता जारी भएपछि सिन्धुलीमा सम्बन्ध विच्छेदको माग गर्दै पुरुष अदालत जान थाले

बुद्ध नेपाली, भदौं २९, सिन्धुली – भदौ एक गतेदेखि कार्यान्वयनमा आएको नयाँ मुलुकी संहितामा व्यवस्था भएपछि सिन्धुलीमा श्रीमतीसँग सम्बन्ध बिच्छेदको माग गर्दै पुरुषहरु अदालत जान थालेका  छन् ।
नयाँ संहिता लागू भएपछिको यो अवधिमा जिल्ला अदालत सिन्धुलीमा सम्बन्ध विच्छेदका लागि परेका ९ मुद्दामध्ये ३ वटा पुरुषले दायर गरेका मुद्दा रहेको अदालतले जनाएको छ ।

यो संहिता कार्यान्वयन हुनुअघि पुरुषले श्रीमतीसँग सम्बन्ध विच्छेद गर्न चाहे स्थानीय तह हुँदै अदालत जानु पर्ने झण्झटिलो व्यवस्था रहेका कारण पुरुषले सम्बन्ध विच्छेद माग गरेका मुद्दा अदालतमा प्राय आउने गरेका थिएनन् ।

नयाँ संहिता लागू भएको २९ दिनको अविधमा ३ जना पुरुषले श्रीमतीसँग र ६ जना महिलाले श्रीमानसँग सम्बन्ध बिच्छेदको माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको जिल्ला अदालत सिन्धुलीका तहशिलदार हरि श्रेष्ठले बताए ।

श्रीमानसँग सम्बन्ध विच्छेदको माग गरेका केही महिलाले अंशविना नै सम्बन्ध विच्छेदको माग गरेका छन् ।
नयाँ मुलुकी संहिताले सम्बन्ध विच्छेद गर्दा महिलालाई सम्पत्ति दिनैपर्ने पुरानो बाध्यकारी व्यवस्था हटाएका कारण पनि अंशविना नै सम्बन्ध विच्छेदको मुद्दा आएको हुनसक्ने कानुन व्यवसायीहरुको भनाई छ ।

एक वर्षमा विच्छेदका ९४ वटा मुद्धा दर्ता

सिन्धुलीमा पछिल्लो समयमा सम्बन्द्ध विच्छेद्का घटनामा बृद्धि भएको छ । जिल्लामा सम्बन्द्ध विच्छेदका घटना बढ्दै जानुमा आधुनिक जीवनशैलीको नक्कल र वैदेशिक रोजगारी मुख्य कारक बनेको जिल्ला अदालत सिन्धुलीले जनाएको छ ।

जिल्ला अदालत सिन्धुलीको तथ्याङ अनुसार आर्थिक वर्ष २०७४।०७५ मा सम्बन्ध विच्छेदका ९४ वटा मुद्धा दर्ता भएको भएको छ । अदालतमा दर्ता भएको ९४ मुद्धा मध्ये ७८ वटा मुद्धाको फैसला भइसकेको तहसीलदार श्रेष्ठले बताए । १६ वटा मुद्धा भने विचाराधिन अवस्थामा रहेको उनको भनाई छ ।

अदालको तथ्याङलाई आधार मान्दा जिल्लामा प्रत्येक वर्ष सम्बन्ध विच्छेदका मुद्धा बढ्दो रुपमा रहेका छ । आर्थिक वर्ष २०७३।०७४ मा सम्बन्ध विच्छेदका ७४ वटा मुद्धा दर्ता भएकोमा ०७४।७५ मा बढेर ९४ पुगेको हो ।
आर्थिक वर्ष २०७२।०७३ मा भने जम्मा २९ वटा सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएको थियो । जिल्लामा हरेक बर्ष सम्बन्ध विच्छेदका मुद्धा बढ्दो क्रममा रहेको छ ।


,

0 comments

Write Down Your Responses