Powered by Blogger.
पार्टी निर्माण र आगामी कार्यभार बारे

बुद्धिमान माझी (बसन्त)
३ न. प्रदेश सभा सदस्य
यथास्थितिवादी र प्रतिगामीशक्तिहरुले विश्वरंगमंचबाट कम्युनिष्ट पार्टीको औचित्य सकेको प्रचारवाजी गरिरहेको अवस्थामा जसलाई झुठ सावित गर्दै अत्याधिक जनताको अभिमतद्धारा अनुमोदित र स्थापित नेपालको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी(ने.क.पा.) निर्माण हुनुले देशि विदेशी प्रतिगामी शक्तिहरु भएंकर तिल्मिलाएका छन् । युगौदेखि लोकतन्त्रको आवरणमा अधिकांश समय सत्ताको स्वाद लिइरहेका बहुसंख्यक श्रमजिवी जनताको श्रम, पसिनाको हुर्मत लिइरहेको शक्ति ०७४ सालको संघ प्रदेश र स्थानीय तहको चुनावमा सर्वनाक हारको परिणामले ने.क.पा. को नेतृत्वमा बनेको शक्तिसाली सरकारको विरुद्ध चौतर्फी आक्रमणमा जुटिरहेका छन् । जसका विरुद्ध सिंगो पार्टीपंक्ति एक ढिक्का भएर शसक्त जुझारु ढंगले अगाडी बढ्नु अपरिहार्य आवश्यक छ ।
पार्टी निर्माण र संचालन
माक्र्सवाद–लेनिनवादको मार्ग निर्देशक सिद्धान्तको जगमा नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) निर्माण भएको छ । नेपाली कम्युनिष्ट आन्दोलन मात्र नभएर विश्व कम्युनिष्ट आन्दोलनको लागि प्रेरणाको श्रोत बनेको छ । भिन्न, भिन्न अलग पृष्ठभुमि सहित आएका पार्टीबीचको एकता र पार्टी निर्माणको सन्दर्भ, नेपाली मौलिकता र विशिष्टतामा नयाँ अभ्यास सहित निर्माण भएको छ । इतिहासको विभिन्न कालखण्डमा कम्युनिष्ट आन्दोलनलाई यो उचाईमा ल्याईपु¥याउन र राष्ट्रको नेतृत्व गरेर विश्वरंगमंचमा कम्युनिष्ट पार्टीको अस्थित्व, औचित्य र आवश्यक्ता छ भन्ने वास्तविकताको सन्देश दिन सफल भएको छ । यसर्थ मजवुत पार्टी निर्माणमा विगतका आग्रह पूर्वाग्रह गुटिय चिन्तन र स्वार्थी मानशिकताबाट हामी मुक्त हुन जरुरी छ । पार्टी समग्र हो । व्यक्ति अंश हो । समग्रताको अधिनस्थ ब्यक्ति हुने गर्दछ । पार्टीको अस्थित्व, औचित्य सावित गर्न सच्चा क्रान्तिकारी पार्टीका नेता र कार्यकर्ताको अहम कर्तव्य दायित्व हुनेछ । हामीले सवैको भूमिका र योगदानलाई उचित स्थान, सम्मान र स्थापित गर्न जोड दिनुपर्दछ । एक अर्कामा देखिएका कमिकमजोरीलाई नजिकबाट सच्याउन रुपान्तरण गर्न मद्धत गर्ने संस्कारलाई स्थापित गर्न जोड गर्नुपर्दछ । विकाश र विनाशको कुञ्जी प्रश्न नै पार्टी जीवनको आन्तरिक पक्ष प्रधान हुने गर्दछ । पार्टी निर्माण र संचालनमा सामुहिकतामा विशेष जोड दिन आवश्यक छ । 
संस्थागतको प्रश्न 
पार्टी निर्माणमा अर्को महत्वपूर्ण पक्ष हो संस्थागतको प्रश्न, बिधि पद्धतिमा सन्चालन गर्नु हो । हरेक निर्णय प्रक्रिया देखि कार्यान्वयन तहसम्म सस्थागत हुन आवश्यक छ । यो मजवुत पार्टी निर्माणको आधार स्तम्भ हो । जसको अपनत्व र स्वामित्व सिंगो पार्टीपंक्तिले अनुसरण, जवाफदेहीता र जिम्मेवारी लिने हुनु पर्दछ । लेनिनले अगाडी सार्नुभएको प्रस्तावना जनवादी केन्द्रियताको विधिअनुरुप, सामुहिक निर्णय व्यक्तिगत जिम्मेवारी, पार्टी संचालनमा एक व्यक्ति कहिल्य सर्वोपरी श्रेष्ठ हुन सक्दैन । पार्टीको तहगत नेतृत्वको सामुहिक जिम्मेवारी, उचित संयोजन र परिचालनमा सिंगो पार्टी पंक्ति सापेक्षित चित्त प्रसन्नताले मात्रै पार्टीले आनो उदेश्यलाई गन्तव्यमा पु¥याउन सक्दछ । तसर्थ व्यक्ति संगठनको अधिनस्थ हुन्छ भन्ने भनाइको तात्पर्य पनि यहि हो । पार्टी संस्था हो, जसले सिंगो राष्ट्र र जनताको भावनाको प्रतिनिधित्व गरेको हुन्छ । जहाँ हरेक सवालमा, न्याय, समानता, स्वतन्त्रताको शही अभ्यास र व्यवहारमा अभिव्यक्त भएको हुन्छ । अगाध विस्वासमा आधारित बहुसंख्यक जनता नै पार्टी निर्माणको शक्तिशाली तागत बन्दछ । 
सस्थागतको प्रश्नसंग जोडिएको अर्को महत्वपूर्ण पक्ष आर्थिक सवालको प्रश्न हो । राजनितिक उद्देश्य प्राप्तीको हरेक गतिविधि प्रभावकारी र परिणममुखि बनाउन आर्थिकको जरुरत पर्दछ । आर्थिक महत्वपूर्ण पक्ष हो । तथापी सवथोक आर्थिक होइन । इतिहासको विभिन्न कालखण्डमा व्यक्त भएका सम्पूर्ण वर्ग संघर्षको स्वरुप मुठ्ठीभर श्रमचोर वर्गको पकटमा श्रोत साधन आर्थिक केन्द्रित थिए जसको नेतृत्व २३८ वर्ष सम्म शासन सत्ताको बागडोर निरंकूश सामन्ती राजतन्त्र थियो ।त्यसको बिरुद्ध बर्गसंघर्ष परिलक्षित थिए ।यहि आर्थिक बिषमताको कारण नै समाजमा बर्गबिभेद कायम हुने गर्दछ । सामन्तवादका अवशेष  समाजमा अहिलेपनि बिधमान कायमै छ। अवशेषका विरुद्ध निर्णयक संघर्ष गर्न जरुरी छ । पार्टी संचालनका लागि चाहिने आर्थिक कहाँ र कसरी जुटाउने हामी सवैलाई थाहा छ । एक महत्वपूर्ण आधार पार्टी संगठनको आन्तरिक लेवि कोटालाई सुव्यबस्थित गर्नु र दुइ  बिभिन्न पेशा व्यवसायमा संलग्न शुभचिन्तक समर्थकहरुसँग स्वइच्छीक सहयोग लिएर नै हो । अर्को पक्ष भनेको पार्टी पंक्तिको विभिन्न विभाग मार्फत उत्पादन कार्यमा सरिक भएर पूजी निर्माण गर्ने हो । यो श्रोतबाट केन्द्रित आर्थिकलाई विधिसंवत संस्थागत गर्न जरुरी छ । आर्थिक श्रोत साधनलाई शही ढंगले परिचालन र पारदर्शी बनाउनै पर्दछ । जहाँ अपारदर्शी, अदृश्य हुन पुग्दछ, त्यहा अविश्वास, शंका उपशंका विजारोपन हुन पुग्दछ । पार्टी भित्रै सत्ता र प्रतिपक्षको रुप देखा पर्न खोज्छ, त्यही बिन्दुबाट पार्टी विघटनको दिशा तर्फ उदत हुन पुग्दछ । यस्तो परिस्थिति श्रृजना हुन नदिन हामी सवै सचेत हुनै पर्दछ । 
आत्मा केन्द्रीत व्यक्तिवादः
पार्टी निर्माणको सवालमा देखा पर्ने घातक प्रवृति आत्मा केन्द्रित व्यक्तिवाद हो । जसले आफू वाहेक अरु कसैलाई राम्रो देख्दैन । सवथोक मैलेनै गरेको हो । अरुको भूमिका नै केही छैन । आफूमा केन्द्रित सोच चिन्तन नै आत्माकेन्द्रित व्यक्तिवाद हो । अन्ततः त्यसको साइनो भनेको घोर सामन्तवाद हो । यदि एक व्यक्ति सर्वेसर्वा र सवथोक गर्ने भएदेखि कुनैपनि संघ संगठन र पार्टी निर्माणको आवश्यक्ता किन ? अहिलेको २१ औ शताब्दीको दुनिया विज्ञान प्रविधि र सुचना संचारयुक्त दुनिया हो । सेकेन्डमा संसारभर आना विचार र सन्देश प्रवाह गर्न सकिन्छ । त्यही विधि अख्तियार गरे भइहाल्योनि, त्यसकारण प्रधान पक्ष चिन्तन हो । चिन्तन र व्यवहार अन्तर सम्बन्धित हुने गर्दछ । यस्ता घातक प्रवृतिले सिंगो पार्टी परिचालन भन्दा पनि आफु र गुटिय स्वार्थमा केन्द्रित राजनिति गरेको हुन्छ । यस्ता प्रवृति र चिन्तनको विरुद्ध निर्भम, मित्रवत संघर्षले मात्रै पार्टी निर्माण हुन सक्दछ । पार्टी निर्माण संकिर्ण गुटगत मानशिकताले संभव छैन । सर्वोत्कृष्ट विचार बोकेका ब्यक्तिहरु एकभन्दा बढी समूह विचको समान धारणा र विचारको आधारमा पार्टी निर्माण हुने गर्दछ । तसर्थ पार्टीको अस्थित्व रक्षाको प्रश्न मुख्य हो । पार्टी रहयो व्यक्तिको अस्थित्व रहन्छ । पार्टी जनताको विश्वासबाट अलग थलग रहयो भने ब्यक्तिको अस्थित्व सामान्य नागरिक सरह मात्रै हो । राजनीतिज्ञ होइन । राजनीति क्षणिक मजाक होइन । राष्ट्रमा भएका प्राकृतिक सम्पदाको संरक्षण सम्वर्दन र श्रोत साधनको शही सदुपयोग र समानताको आधारमा बहुसंख्यक श्रमजिवि जनताको पक्षमा अधिकार सम्पन्न गर्नु रस्थापित गर्ने साधन हो । यो महान अभिस्ट पूरा गर्न आत्माकेन्द्रित ब्यक्तिवादी प्रवृति र चिन्तनको विरुद्ध मैत्रीपूर्ण संघर्षले  मात्रै विजय संभव छ । 
आगामी कार्यभार 
नेपाल कम्युनिष्ट पार्टीको सामु आगामी कार्यभार असाध्यै महत्वपूर्ण युगिन परिवर्तनको लागि आत्मगत र बस्तुगत दुवै दृष्टिले अनुकुल परिवेश बनेको छ । पार्टी र सरकारको लागि ऐतिहासिक अवसर हो । यो अवसरको शहि सदुपयोग गर्न सक्नु नै जनताको उत्कट चाहाना भावनाको शही सम्वोधन गर्नु हो । सरकार तथा जनप्रतिनिधिहरुले गरेको राम्रो सकारात्मक कामहरु जनताको विचमा सन्देश प्रवाह गर्ने अचुक र शक्तिशाली हतियार पार्टी हो । यसर्थ, पार्टी र सरकार विचको सम्बन्धलाई हार्दिक र सुमधुर बनाउन आवश्क छ । पार्टी र सरकार बीचको एक आपसमा समन्वय र एकअर्का बिचको सहयोगात्मक भावना र हरेक विषयमा छलफल सामुहिकताको भावनाले यो ऐतिहासिक कार्यभार पूरा गर्न सकिन्छ । सरकार र जनप्रतिनिधीहरुले गरेका काम नै संगठन निर्माणका लागि राम्रो आधार स्तम्भ हुन सक्दछ । सरकार र पार्टी एक अर्को बीचमा परिपुरक सम्बन्ध  हुन्छ न कि बाधक होइन । यो वास्तविकतालाई हामी सवैले गम्भिरतापूर्वकृ आत्मासातीकरणका साथै जिवन व्यवहारमा व्यक्त गर्न सक्नुपर्दछ ।
अन्ततः
केन्द्रिकृत पार्टी निर्माणको प्रकृयाले यो ऐतिहासिक कार्यभार पुरा गर्न सकिन्छ । जसका लागी सुदृढ पार्टी एकताले मात्रै संभव छ । एकअर्काको भुर्र्र्र्र्मिका र अस्थित्वलाइस्वीकार गर्ने र पार्टीकार्यकर्ता र जनता बिचमा स्थाापित गर्ने संस्कारले निश्चय पनि यो गहन दायित्व पुरा गर्न सकिन्छ । बिरोधीशक्तिले पारेको भ्रमलाइ साफगर्दै पार्टी र सरकारले गरेको महत्वपुर्ण कार्यलाइ आम जनताकोे बिचमा स्तापित गर्न विशेष जोडदनि आवश्यक छ । बिरोधीशक्तिको दायरा घटाउदै मित्रशक्तिको दायरा बढाएर मात्रै पार्टी निर्माण र आगामी कार्यभारकोनयाकोर्ष पुरा गर्न सकिन्छ । 
लेखक–नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रिय सदस्य समेत हुनुहुन्छ । 


0 comments

Write Down Your Responses