Powered by Blogger.
राणा सासन, पंचायतकाल भन्दा पनि अहिलेको स्थानिय तहहरुले शिक्षकलाई अपहेलना गरे ः अध्यक्ष थिङ

रेडियो विजय किल्ला, असोज २२ सिन्धुली - सिन्धुलीमाढीमा आज भएको एक कार्यक्रममा सहभागी शिक्षकहरुले २० वर्षपछि आएको स्थानिय तहहरुले शिक्षकहरु माथि पंचायतकालमा भन्दा बढी निरंकुश सासन लादेको आरोप लगाएका छन् । आज सिन्धुलीमाढीमा भएको नेपाल शिक्षक महासंघ कमलामाई नगरपालिकाको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै जिल्लाका शिक्षकहरुले यस्तो आरोप लगाएका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष विजय थिङले राणा सासन, पंचायत काल भन्दा पनि अहिलेको स्थानिय तहहरुले शिक्षकलाई अपहेलना गरेको आरोप लगाउनुभयो । 

सकारात्मक परिवर्तनका लागी भएका हरेक अन्दोलनमा शिक्षकको पनि ठुलो योगदान रहेको स्मरण गर्दै अध्यक्ष थिङले अहिलेको स्थानिय सरकारमा आएका जनप्रतिनिधिहरुले शिक्षकका त्यतीबेलाका योगदानलाई विर्सिएको बताउनुभयो ।  अध्यक्ष थिङले राणा सासन, पंचायत र राजतन्त्रमा देशमा एउटा महाराजाले सासन गरेको तर अहिले ७५३ स्थानिय तहका ७५३ महाराजाहरुले शिक्षक माथि सासन गरेको आरोप लगाउनुभयो । 

गुणस्तर खस्कीएको सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारका लागी अव शिक्षक, अभिभाव र राज्य सक्रिय हुनुपर्ने अध्यक्ष थिङको भनाई छ । राज्यले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन चाहेमा शिक्षक पनि समय अनुसार अपडेट हुन सक्नुपर्नेमा अध्यक्ष थिङले जोड दिनुभयो । 

कार्यक्रममा नेपाल शिक्षक संघ सिन्धुलीका सचिव कृष्ष्णहरि घिमिरेले लोकतन्त्र ल्याउन, संघियता ल्याउन ठुलो योगदान दिएका शिक्षकहरु अहिले आफ्नो अधिकार खोज्न भने अहिले सडकमा अन्दोलन गरेर हिड्नुपर्ने बाध्यता रहेको बताउनुभयो । सचिव घिमिरेले शिक्षकका हक अधिकार सरकारले सुनिश्चित गर्नुपर्ने पनि बताउनुभयो ।  

नेपाल शिक्षक महासंघ कमलामाई नगरपालिकाका अध्यक्ष रामेश्वर प्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा सिन्धुलीका प्रदेशसभा साँसद विनोद खड्का, शिक्षकका पेशागत संघसंगठनका प्रमुख तथा प्रतिनिधि,शिक्षक लगाएतको उपस्थिती रहेको थियो । 


0 comments

Write Down Your Responses