Powered by Blogger.
प्रहरीद्धारा २५ बिगाहामा लगाइएको ८ करोड मुल्यको गाँजा नष्ट

बुद्ध नेपाली,सिन्धुली,३० कात्र्तिक । प्रहरीले जिल्लाको ग्रामीणभेगमा अवैध रुपमा लगाइएको गाँजा खेती शुक्रवार नष्ट गरेको छ । जिल्लाको मरिण गाउँपालिकामा प्रहरीले करिब २५ बिगाहा जमिनमा लगाएको गाँजा खेती नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाको नेतृत्वमा गाँजा खेती नष्ट गरेको छ । शुक्रबार नष्ट गरिएको गाजाको बजार मूल्य ८ करोड बराबरको रहेको छ ।

जिल्लाको मरिण गाउँपालिका र हरिहरपुर गढी गाउँपालिकामा गरी करिब ५० बिगाहा जमिनमा गाँजा खेती भएको प्रहरीले बताएको छ । विकट क्षेत्र भएकाले प्रहरी प्रशासनको कम उपस्थिती हुँदा अवैधानिक खेती हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट १५ जना ईलाका प्रहरी कार्यालय कपिलाकोट बाट १५ जना र तीन नम्वर प्रदेश प्रहरी कार्यालय हेटौडाबाट आएको २५ जना दंगा प्रहरी गरी ५५ जना प्रहरीहरुले गाँजा खेति नष्ट गरेको हो ।

तराईका बासिन्दाले प्रति कठ्ठा तीन हजार सम्म जग्गा ठेक्कामा लिएर गाँजा खेती गर्ने गरेको स्थानीय कुमारी माया तामाङकाले बताईन । पैसा दिएर जग्गा लिए पनि साँहू को हो ? भन्ने थाहा नभएको तामाङले बताइन । मरिण गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा बढी गाँजा खेती हुने गरेको स्थानीयको भनाई छ ।

जाँगा फाडानीमा लागू औषध ब्युरो काठमाडौं कोटेश्वरका कपिलदेव कार्की, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक जयदेव माझी लगायतको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ । उक्त क्षेत्रको गाँजा फडानी गर्न अझै १० दिन लाग्ने प्रहरी नायव उपरीक्षक थापाले बताए ।

सुराकीको आधारमा गाँजा खेती भएको जानकारी आएपछि जिल्ला र प्रदेश प्रहरीसँग समन्वय गरी शुक्रबार देखि फडानी सुरु गरेको प्रहरी निरीक्षक माझीले बताए ।

नेपालमा गाँजा खेती सम्बन्धि काम गर्ने जेटिए नभएकाले भारीतय जेटिए आउने गरेको अनुसन्धानमा देखिएको कार्कीले जानकारी दिए । प्रहरीको टोलीले गाँजा फाडानी सुरु गरेपछि स्थानीय पुरुषहरु लुकेको प्रनाउ थापाले बताए ।  


,

0 comments

Write Down Your Responses