Powered by Blogger.
सिन्धुलीका किसानहरू व्यावसायिक बंगुरपालन व्यवसायमा आकर्षित

बुद्ध नेपाली, मंसिर १, सिन्धुली । सिन्धुलीका किसानहरू व्यावसायिक बंगुरपालन व्यवसायमा आकर्षित हुन थालेका छन्। थोरै लगानी र कम मिहिनेतमै छोटो समयमा मनग्य आम्दानी हुने भएकाले किसान व्यावसायिक बंगुरपालन व्यवसायमा आकर्षित भएका हुन्। 

जिल्लाका क्याम्पस पढ्दै गरेका १७र१८ वर्षका किशोरदेखि विदेशमा वर्षैं दुःख गरी स्वदेश फर्केका युवा अहिले बंगुरपालन व्यवसायमा लागेका छन्। दुधौली नगरपालिका –३ डकाहा कालापानीका रितिक लामा उमेरले १८ वर्ष मात्रै पुगेका छन्। उनी अहिले दश जोड दुई उत्तीर्ण गरी अहिले स्नातक तहमा भर्ना गर्ने तरखरमा छन्। 

उनले आफैँ आत्मनिर्भर हुनुपर्छ भन्ने सोच राख्दै विगत ६ महिनादेखि अरू दुईजना साथीसँगै मिलेर कमलामाई नगरपालिका –४ फाँटमा व्यवसायिक रूपमा बंगुर पालन शु? गरेका छन्। ’म र मेरो साथी अस्वीनसँग १२ कक्षा पढ्दादेखि नै चिनजान थियो। फेरि अस्वीनको प्रेम भन्ने साथीसँग पनि चिनजान रै’छ । अस्वीन र प्रेमले बंगुर पालन गर्ने प्लान बनाएका रहेछन्। उनीहरूले मलाई पनि बंगुर पालन गरौँ भनेर सल्लाह गरेँ’, रितिकले भने, ’म पनि १२ को परीक्षा दिएपछि केही गरौँ भन्ने सोचमा थिएँ।  तीन जनाको कुरा मिल्यो। त्यसपछि व्यवसाय शु? गरेका हैं।’ 

रितिककै उमेरका सिन्धुलीको बेलगारी क्षेत्रका अस्वीन र अर्का सर्लाहीका केही पाका उमेरका प्रेम गरी तीन जनाले सिन्धुलीमाढीमा बंगुर पालन व्यवसाय थालेका हुन्। उनीहरूले व्यवसायको सु?वातमै ३९ वटा बंगुर फाममा हालेका छन्। ३९ वटा बंगुरलाई आहारा हाल्ने, बंगुर खोर सफा गर्ने, रोग लागे औषधि खुवाउनेलगायत व्यवसायमा आइपर्ने सबै काम तीनै जना मिलेर गर्ने गरेको रितिक बताउँछन्। 
३९ वटा बंगुरका पाठा किन्न तीन जनाले एकरएक लाख गरी जम्मा तीन लाख लगानी लगाएको रितिकको भनाइ छ। व्यवसाय रितिकको सबै भन्दाबढी ?चिको विषय हो। ’व्यवसाय गर्न मलाई एकदमै राम्रो लाग्छ। त्यही भएर बुवाममीसँग सल्लाह गरेर व्यवसाय शु? गरेको हुँ, पैसा पनि बुबाममीले नै दिनुभएको हो’ रितिकले भने। रितिककी ममी मलेसियामा रोजगारीमा छिन् भने बुवा स्वदेशमै ठेक्कापट्ठाको काम गर्छन्। 

हाम्रो नेपाली समाजमा अझै पनि १७र१८ वर्षकै उमेरमा आफैँ व्यवसाय गरेर आत्मनिर्भर बन्ने युवाहरू कमै भेटिन्छन्। कतिपय युवा पढेलेखेकाले यस्तो काम गर्न सुहाउँदैन भन्दै हल्लेर हिड्ने गरेको पाइन्छ। तर रितिक भने सानै उमेरमा व्यवसाय शु? गर्दै बंगुरको हेरचाहमा व्यस्त छन्। ’मलाई व्यवसाय गर्न खुसी लाग्छ। ढुल्दै हिँडेर समय खेर फालेर केही पाइन क्यारे आखिरमा, पछिको आफ्नो भविष्य राम्रो बनाउन त अगाडिदेखि नै सोच्नु र्पयो नि, त्यही भएर हो मैले व्यवसाय गरेको’, रितीकले भने। रितिक र उनका साथीले बंगुर फाम वर्षको ६० हजारमा भाडामा लिएर बंगुर पालन गरेका छन्। उनीहरूको योजनाअनुसार चाडै नै १० कठ्ठा जति जमिन भाडामा लिएर बंगुरसँगै ब्रोहिलर कुखुरा पालन गर्ने सोच रहेको रितिकले बताए। 

पढाइसँगै व्यवसायलाई पनि अगाडि बढाउने रितिकको सोच छ। उदयपुरको त्रियुगा नगरपालिका १४ का लेख बहादुर क्यापछ्याकी मगर सात वर्ष विदेशमा बसे। उनले मलेसियामा चार वर्ष र कतारमा तीन वर्ष दुःख गरे। 
सात वर्ष विदेश बस्दा पनि घर परिवार चलाउन धाउधाउ नै र्पयो उनलाई। अहिले उनी सिन्धुलीको कमलामाई नगरपालिका ४ फाँटमा बंगुर(पालन गर्दैछन्। अब भने विदेश नजाने सोच छ उनको। ’विदेशमा गएका साथीहरू पनि स्वदेशमै फर्केर कसैले कृषि, पशुपालन लगायतका काम गर्न लागि पर्न थाले, मैले पनि केही गरौँ न भनेर सानो लगानीबाट बंगुर(पालन शु? गरेको छु’ उनले भने। करिव पाँच लाख ?पैयाँ लगानीमा व्यवसाय शु? गरेको उनको भनाइ छ। उनको फममा अहिले ११ वटा बंगुर छन्। 

उनी आफ्नो व्यवसायबाट सन्तुष्ट भएको सुनाउँछन्। ’विदेशमा ५०र५५ डिग्रीको तापक्रममा काम गरियो, अहिले मैले जुन व्यवसाय गरेको छु त्यसमा म एकदमै सन्तुष्ट छु’, उनले भने। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सिन्धुलीको तथ्यांकअनुसार जिल्लाका नौवटा स्थानीय तहमा ८२ वटा व्यवसायिक बंगुर फाम दर्ता भएका छन्। 

दूधौली नगरपालिका, कमलामाई नगरपालिका, मरिण गाउँपालिका लगायतका क्षेत्रका किसानले बढी बंगुर(पालन व्यवसाय गर्दै आएका छन्। विपी राजमार्ग, निर्माणाधीनमध्ये पहाडी राजमार्ग र धरान–चतरा–सिन्धुली–हेटौँडा सडकजस्ता लामो तथा छोटो दूरीका सडक निर्माण भई उत्पादन भएका बंगुर बजारसम्म लैजान सहज भएपछि जिल्लाका किसान बंगुर(पालनमा आकर्षित भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सिन्धुलीका वरिष्ठ पशु विकास अधिकृत पशु चिकित्सक कल्याण श्रेष्ठले बताए। 

स्वरोजगारका लागि बंगुर(पालन व्यवसाय यस क्षेत्रका लागि उपयुक्त हुने उनी बताउँछन्। ’यातायातको सुविधा राम्रो भएकाले हाम्रो जिल्लामा बंगुरपालन व्यवसायको भविष्य राम्रो छ। अहिले पनि बनेपा, काठमाडौं, ललितपुर लगायतका ठाउँमा बंगुर पुग्ने गर्छ। 

स्वरोजगारका लागि सिन्धुलीमा बंगुर पालनमा राम्रो स्कोप छ’ पशु चिकित्सक श्रेष्ठले भने। बंगुरपालन व्यवसाय पनि ब्रोइलर कुखुराजस्तै छोटो समयमा नै बजारमा लैजान सकिने भएकाले पनि व्यवसायमा किसानको आकर्षण बढ्दो रहेको पशु चिकित्सक श्रेष्ठको भनाइ छ।


,

0 comments

Write Down Your Responses