Powered by Blogger.
जिल्लाकै सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगीता शनिवार देखि सुरु

बुद्ध नेपाली , सिन्धुली,१५ मंसिर । सिन्धुलीमाढीमा आज देखि जिल्लाकै सर्वाधिक पुरस्कार राशीको जिल्लास्तरीय भलिबल प्रतियोगीता सुरु भएको छ । कमलामाई नगरपालिकाको प्रयोजनमा युवा व्यवसायी क्लव सिन्धुलीले प्रतियोगीताको आयोजना गरेको हो । 

प्रतियोगीताको एक कार्यक्रमका विच कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीले दियोमा दिप प्रज्जवलन गर्दै उद्घाटन गरेका हुन् । 

युवा व्यवसायीक क्लव सिन्धुलीका युवा व्यवसायीहरुले संचालन गरेको क्लव हो । लिग चरणमा हुने प्रतियोगीतामा नौ टिमले प्रतिस्पर्धा गर्ने आयोजक युवा व्यवसायी क्लव सिन्धुलीले जनाएको छ । 

ब्लुअलपाईन क्लव, सिद्धस्थली क्लव रातमाटा, भिमान युवा क्लव, दोभान क्लव ‘ए’‘बि’, फिक्कल क्लव, विहानी मरिण क्लव, स्वीस सिन्धुली सकेन्डरी बोर्डिङ स्कुलले प्रतिस्पर्धा गर्ने क्लवका अध्यक्ष संन्जीव सुन्दासले बताए । 

प्रतियोगीताको उद्घाटन खेलमा अहिले स्वीस सिन्धुली सकेन्डरी बोर्डिङ स्कुल र भिमान युवा क्लव विच प्रतिस्पर्धा हुदैछ । प्रतियोगीतामा पहिलो हुने समुहले नगद १ लाख रुपैयाँ नगद, शिल्ड, मेडल पुरस्कार पाउने छन भने दोस्रो हुने समुहले ४१ हजार रुपैया नगद पुरस्कार, शिल्ड र मेडल पाउने छन् । 

उद््घाटन कार्यक्रममा बोल्दै कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीले जिल्लाका युवाहरुको क्षमता विकासका लागी खेलकुद मात्र नभई हरेक क्षेत्रमा नगरपालिकाले सहयोग गर्ने बताए । 



0 comments

Write Down Your Responses