Powered by Blogger.
खुल्ला भलिबल प्रतियोगीताको उपाधि ब्लु अलपाईन क्लवको पोल्टामा

बुद्ध नेपाली,सिन्धुली १८ मंसिर । जिल्लाका युवा व्यवसायीहरुको आयोजनामा भएको जिल्लाकै सर्वाधिक पुरस्कार राशीको खुल्ला भलिबल प्रतियोगीताको उपाधि ब्लुअलपाईन क्लवले हात पारेको छ । मंगलवार भएको फाईनल खेलमा नेपाली सेनाको बर्द बहादुर गणलाई पराजित गर्दै ब्लु अलपाईन क्लवले उपाधी हात पारेको हो । 

बेस्टअफ फाईभमा भएको प्रतियोगीतामा ब्लु अलपाईन क्लवले बर्दबहादुर गणलाई २५÷२०,२५÷१५ र २५÷१३ को फराकिलो सेटमा हारएको हो । ‘पसिना र पौरख आफ्नै सिन्धुलीमा, सिन्धुलीको पहिचान हाम्रै हातमा’ भन्ने नाराका साथ सिन्धुली युवा व्यवसायी क्लवले आयोजना गरेको प्रतियोगीता गत शनिवारबाट सुरु भएको थियो । 

जितसँगै ब्लु अलपाईन क्लवले एक लाख नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । हार व्यहोर्दै दोस्रो स्थानमा चित्त बुझाएको बर्द बहादुर गणले नगद ४० हजारका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

मंगलवार नै भएको सेमिफाईनल खेलमा ब्लुअलपाईन क्लवले न्यु शिद्धस्थली क्लवलाई पराजित गर्दै फाईनल प्रवेश गरेको हो भने बर्द बहादुर गणले फिक्कल गाउपालिकालाई पराजित गर्दै ब्लुअलपाईन क्लवसँगको फाईनल यात्रा तय गरेको हो । 

ब्लुअलपाईन क्लवले न्यु शिद्धस्थली क्लवलाई २५÷१९, २५÷१६ र २५÷११ को सेटमा पराजित गरेको आयोजक क्लवका सचिव सन्जीत कार्कीले जनाए । बर्द बहादुर गणले फिक्कल गाउपालिकालाई २५÷१७, २५÷१९ र २५÷२३ को सेटमा हराएको सचिव कार्कीले बताए । 

फाईनल प्रतियोगीतामा म्यान अफ दि म्याच ब्लुअलपाईन क्लवका हरि पाण्डे,बेस्ट प्लयर्स ब्लु अलपाईनकै योगेन्द्र गुरुङ, बेस्ट स्टाइकर फिक्कल गाउपालिकाका सनिप श्रेष्ठ, बेस्ट सटर ब्लुअलपाईकै सुजन डोखाल र बेस्ट ब्लकर बर्द बहादुर गणका सुरेश खड्का भएका छन् । 

विजेता समुह र खेलाडीलाई एक समारोहका विच कमलामाई नगरपालिका प्रमुख खड्ग बहादुर खत्रीले पुरस्कार वितरण गरेका हुन् । प्रतियोगीतामा जिल्लाका ९ वटा क्लवहरुले सहभागीता जनाएका थिए । 




, ,

0 comments

Write Down Your Responses