Powered by Blogger.
दुई दिने आधारभुत रेडियो पत्रकारीता तालिम सम्पन्न ।

बुद्ध नेपाली, सिन्धुली १२,पुष । सिन्धुलीको मरिण गाउपालिका –२ सखौरीमा संचालित दुई दिने आधारभुत रेडियो पत्रकारीता तालिम बुधवार सम्पन्न भएको छ । मरिण गाउपालिका २ नम्बर वडा कार्यालयको आर्थिक सहयोग तथा सुचनाका लागि नागरिक अभियानद्धारा संचालित रेडियो बिजय किल्ला ९३ मेगाहर्जको आयोजनामा तालिम सम्पन्न भएको हो । 

२ नम्बर वडा लगाएत समग्र मरिण गाउपालिका भित्र हुने हरेक घटनाक्रम आम गाउपालिकाबासी सम्म पुर्याउन र समाजका कुरिती, विसंगती, विकृतिहरुलाई पत्रकारीता मार्फत नियन्त्रण गर्न तथा व्यक्तिको क्षमता विकास गर्नका लागि तालिमको आयोजना गरिएको हो । मरिण गाउपालिका २ नम्बर वडा कार्यालय सखौरीमा मंगलवार र बुधवार गरी दुई दिन सम्म चलेको तालिममा सोही वडाका १० जनाको सहभागीता रहेको थियो ।

दुई दिने आधारभुत रेडियो पत्रकारीता तालिमको सहजीकरण नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशका ईन्चार्ज द्धारीका काफ्लेले गर्नुभएको हो । 

मंगलवार रेडियो विजय किल्लाका स्टेशन म्यानेजर राजन गाउलेको अध्यक्षता तथा २ नम्बर वडाका वडाध्याक्ष चन्द्रनाथ गौतमको प्रमुख आतिथ्यतामा सुरु भएको तालिम स्टेशन म्यानेजर गाउलेकै अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मरिण गाउपालिकाका अध्यक्ष गोपाल बुढाथोकीको प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यक्रम गरी समापन गरिएको हो ।

समापन कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मरिण गाउपालिकाका अध्यक्ष बुढाथोकीले तालिमले मात्रै सवै सिप पुर्ण नहुने भएकाले तालिममा सिकेका कुरा सदुपयोग गर्न व्यक्ति आफैँ सिर्जनशिल हुनुपर्ने बताउनुभयो । 

गाउपालिकाको विकासमा तालिममा सहभागी भएकाहरुले महत्वुर्ण योगदान पुर्याउने विश्वास राख्दै सवै सहभागीलाई मेहनत र लगनशिल भएर पत्रकारीता पेशामा लाग्न आग्रह पनि गर्नुभयो । 

२ नम्बर वडाका वडाध्यक्ष चन्द्रनाथ गौतमले तालिममा सहभागीहरुले तालिममा सिकेका कुरा लागु गर्दै वडाको हरेक सुचना, गतिविधि वडाबासी सम्म पुर्याउन भुमिका खैल्ने विश्वास व्यक्त गर्नुभयो । 



, ,

0 comments

Write Down Your Responses