Powered by Blogger.
आज देखि सिन्धुलीमा ‘प्रादेशिक महोत्सव सुरु ’

रेडियो बिजय किल्ला , सिन्धुली १३, पौष । आज (शुक्रबार) बाट सिन्धुली जिल्लामै पहिलो पटक ‘प्रादेशिक महोत्सव २०७५’ सुरु हुदैछ । सिन्धुली उद्योग बाणिज्य संघ र कमलामाई नगरपालिका सिन्धुलीको आयोजनामा ३ नम्बर प्रदेश स्तरिय ‘प्रादेशिक महोत्सव २०७५’ सुरु हुन लागेको हो । महोत्सवका लागि आवश्यक तयारी पुरा भएको महोत्सव आयोजक, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अमरेशचन्द्र बैदारले जानकारी दिए । 

 ‘कृषि, पर्यटन, जलस्रोत र उद्योग क्षेत्रको विकास, समृद्ध ३ नम्बर प्रदेश निर्माणको आधार’ भन्ने मूल नाराका साथ प्रादेशिक महोत्सव सुरु हुन लागेको र त्यसको तयारी पुरा भएको छ,’ उनले भने । 

१० दिन सम्म चल्ने महोत्सवको उद्घाटन आज विहान ११ बजे संघिय सरकारका अर्थ मन्त्री युवराज खतिवडाले गर्ने कार्यक्रम रहेको छ । 

‘३ नं. प्रदेशका १३ वटा जिल्लाहरु ऐतिहासिक, सामाजिक, भौगोलिक, सांस्कृतिक तथा सुन्दरताको भण्डार रहेको छ । देशकै करिब एक तिहाई कलकारखानाहरु यस प्रदेशमा रहेकाले यस्ता क्षेत्रका कृषि, पर्यटन, उद्योग, होटल, धार्मीक सांस्कृतीक तथा ऐतिहासिक स्थलको प्रचारप्रसार गरी आन्तरीक तथा बाह्य पर्यटन प्रबद्र्धनका लागि महोत्सवको आयोजना गरिएको हो ।’ उनले थपे,

२०६७ सालमा क्षेत्रीय महोत्सव समेत सम्पन्न गरि सकेको संघले प्रादेशिक महोत्सवमा महोत्सवमा ३ नम्बर प्रदेश भित्रका जिल्लाहरुको उत्पादनको प्रचार, प्रसार, बिक्रि, एवं प्रवद्र्धन गर्न साझा, औपचारिक एव अल्पकालिन बजार उपलब्ध गराउने लक्ष्य लिएको छ । ‘प्रदेशभित्र रहेका ऐतिहासिक तथा धार्मिक धरोहरहरुको प्रचार प्रसार गर्ने र विभिन्न जातजातिका सास्कृतिक पक्षहरुको प्रचार प्रसार समेत गरिनेछ,’ बैदारले थपे । 

महोत्सवमा कृषिजन्य उत्पादित बस्तुहरु, घरेलु तथा साना उद्योगजन्य उत्पादित वस्तुहरु, जातिय परम्परागत कला संस्कृति, होटल, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनि आदिद्धारा उत्पादित बस्तुहरुको २५० वटा स्टल राखिनेछ । 
स्थानिय परम्परागत शिप कला र सस्कृति तथा लोक सास्कृति महोत्सवका थप आकर्षणहरु हुने छन् । 

महोत्सवमा प्रदेशले विशिष्ठता प्राप्त गरेका स्थानिय कच्चा पदार्थबाट निर्मित बास, काठ, दुग्धजन्य वस्तु तथा ढाका र अल्लोका कपडाहरुको प्रदर्शनी तथा विक्रि हुने बताइएको छ । आयोजकले महोत्सवमा प्रदेशका १३ वटै जिल्लाको स्थानिय उत्पादनलाई प्रदर्शन तथा प्रवद्र्धन गर्न आग्रह गरेको छ ।

संघिय संरचनापछिको तिन नम्बर प्रदेशमै सिन्धुलीमा पहिलो पटक प्रादेशिक महोत्सवको आयोजना गर्न लागिएकोले स्थानिय उत्पादनको प्रवद्र्धन गन सबै क्षेत्रबाट उल्लेखनीय सहभागिता जनाईदिन संघले आग्रह समेत गरेको छ । 

महोत्सवमा आगन्तुकका लागि ५० रुपैया टिकट लाग्ने छ भने विद्यार्थीहरु, एकल महिलाको लागि परिचय पत्र भएमा ३५ रुपैया मात्रै पर्ने र साथमा १० रुपैयाको चाउचाउ निशुल्क दिने व्यवस्था गरेको जनाइएको छ । त्यस्तै पूर्ण अपांगता भएका व्यक्ति र जेष्ठ नागरिकका लागि परिचय पत्रका साथ आएमा निशुल्क प्रबेश गराइने छ ।

महोत्सवको सहआयोजकहरुमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय ३ नम्बर प्रदेश, कृषि ज्ञान केन्द्र सिन्धुली रहेका छन् भने, नेपाल उद्योग वाणिज्य महासंघ ३ नम्बर प्रदेश र नेपाल पर्यटन बोडले प्रवद्र्धन गर्ने जनाइएको छ । 

महोत्सव अवधिभर अन्नपूर्ण मिडिया नेटवर्कद्धारा सञ्चालीत एपिवान टेलीभिजन आधिकारीक मिडिया पाट्नर हुने अध्यक्ष बैदारले जानकारी दिए । 

महोत्सवमा ५ लाख दर्शकहरुले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवमा ६५ लाख लाख रुपैया खर्च हुने अनुमान गरिएको छ भने ८० लाख आम्दानी हुने आयोजकले अनुमान गरेको छ । महोत्सवको १० औं दिन प्रदेश नम्बर ३ का मुख्य मन्त्री डोरमणी पौडेलले महोत्सवको समापन गर्नुहुने आयोजकले जनाएको छ । 
 


, , ,

0 comments

Write Down Your Responses