Powered by Blogger.
सहुलियत ऋण नदिने बैंकले स्पष्टीकरण दिनुपर्छ ः अर्थमन्त्री खतिवडा

सिन्धुलीमा ३ नम्बर प्रदेशस्तरीय ‘प्रादेशिक महोत्सव २०७५’ हिजोदेखि सुरु भएको छ । सिन्धुली उद्योग वाणिज्य संघ र कमलामाई नगरपालिकाको आयोजनामा सुरु भएको प्रादेशिक महोत्सवको एक भव्य समारोहका बीच संघीय सरकारका अर्थमन्त्री युवराज खतिवडाले उद्घाटन गर्नुभएको छ ।  ‘कृषि, पर्यटन, जलस्रोत र उद्योग क्षेत्रको विकास, समृद्ध ३ नम्बर प्रदेश निर्माणको आधार’ भन्ने मूल नाराका साथ प्रादेशिक महोत्सव सुरु भएको हो ।

महोत्सवको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले बेरोजगार युवा, विदेशबाट फर्केका र महिलालाई व्यवसाय गर्न सस्तो व्याजदरमा ऋण उपलब्ध गराउन बैंकहरूलाई निर्देशन दिइसकेको बताए। शिक्षित युवाहरूलाई व्यवसाय गर्न ७ लाख, वैदेशिक रोजगारीबाट फर्की स्वदेशमै व्यवसाय गर्न इच्छुकलाई १० लाख, र महिला उद्यमीलाई १५ लाखसम्म ५ प्रतिशत ब्याजदर अनुदानमा पूँजी उपलब्ध गराउन बैंक तथा वित्तिय संस्थाहरूलाई निर्देशन दिइसकेकाले निर्देशन पालना नगर्ने बैकलाई कारवाहीको दायरामा ल्याउने दावी गर्नुभयो । 

मन्त्री खतिवडाले भूकम्पपीडितलाई ५ प्रतिशत ब्याजदरमा ५ लाखसम्म ऋण दिने कुरा अगाडि बढी रहेको समेत बताएका छन्। मन्त्री खतिवडाले पाचँ वर्ष्भित्र पाँच लाख मानिसलाई रोजगारी दिने कार्यक्रम ल्याउने भन्दै पाँच वर्ष्भित्र वैदेशिक रोजगारीमा जान नपर्ने गरी रोजगारी सिर्जना गर्न सरकार लागी परेको बताए।  

मन्त्री खतिवडाले आगामी तीन वर्ष्भित्र कोही पनि जनताले फुसको छानो मुनी बस्न नपर्ने बताए। मन्त्री खतिवडाले सिन्धुलीको जुनारलाई देशमै खपत गर्न तथा बाहिरी देशमा निर्यत गर्न प्रशोधन गर्न आवश्यक रहेको भन्दै सहकारीको माध्यमबाट जुनार प्रशोधनका लागि अगाडि बढे उद्योग कलकारखाना स्थापनाका लागी सहरकारीलाई २५ प्रतिशत ब्याजदरमा पूँजीगत अनुदान उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाएका छन्। 
बिपी राजमार्गको स्तरउन्नतिका लागि जापान सरकारसँग सहयोग मागेको र जापान सरकार सहमत भइसकेकाले छिटै उक्त सडकको स्तरउन्नति हुने विश्वास व्यक्त गरे। यस आर्थिक वर्षमा ६ वटा सुरुङ मार्ग निर्माणका लागि बजेट विनियोजन भएकाले चियाबारी–खुर्कोट सुरुङ मार्गको डिपिआर तयार गर्न सहमती भएको र सबैको प्रारम्भिक काम सँगसँगै अगाडि बढेको मन्त्री खतिवडाले जनाए। मरिण सुनकोशी डाइभर्सन सरकारले बहुउदेश्यीय आयोजनामा राख्दै चीन सरकारसँग आयोजना निर्माणका लागि सहयोग माग गरेको र त्यसको पनि काम अगाडि बढिरहेको मन्त्री खतिवडाले जनाएका छन्।

महोत्सवमा कृषिजन्य उत्पादित वस्तुहरू, घरेलु तथा साना उद्योगजन्य उत्पादित वस्तुहरू, जातीय परम्परागत कला संस्कृति, होटल, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनी आदिद्वारा उत्पादित बस्तुहरूको २५० वटा स्टल राखिएका छन्। स्थानीय परम्परागत सीप, कला र सस्कृति तथा लोक सास्कृति महोत्सवका थप आकर्षणहरू छन्। महोत्सवमा प्रदेशले विशिष्ठता प्राप्त गरेका स्थानीय कच्चा पदार्थबाट निर्मित बाँस, काठ, दुग्धजन्य वस्तु तथा ढाका र अल्लोका कपडाहरूको प्रदर्शनी तथा बिक्री हुने अपेच्छा गरिएको छ। 



, ,

0 comments

Write Down Your Responses