Powered by Blogger.
फिक्कल गाउँपालिकामा प्राइम बैंककाे ७२ अाै शाखा


बुद कुमार अाछामी
खाङसाङ। २७ पाैष । प्राइम कमसियल बैक लिमिटेडले सिन्धुलीकाे फिक्कल गाउँपालिका वडा न- ४ खाङसाङमा सुक्रबार एक समाराेह बीच अाफ्नाे ७२ अाैं शाखा बिस्तार गरेकाे छ ।
शाखा बिस्तारकाे शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष धनबहादुर कार्कीले गाउँपालिकामा बैंक शुभारम्भ हुनु खुसिकाे कुरा रहेकाे बताउँदै गाउँपालिकाका जनताहरूलाई बैकिङ काराेवारमा सहजता हुने बिश्वास ब्यक्त गरे ।
गाउँपालिकामा अहिले सम्म कुनै पनि बैंक नहुदा गाउँपालिकाका अार्थिक काराेबारमा समेत झन्झट हुने गरेकाेमा अबका दिनमा सहजता हुने फिक्कल - ५ का वडा अध्यक्ष राजु बरालले बताए ।
भुकम्प पिडितहरूलाई अनुदान बितरणमा समेत अागामी दिनमा सहजता हुने भएकाे छ । यश अघि अनुदान रकम लिन सदरमुकाम तथा खुर्काेट पुग्नु पर्ने बाध्यता रहेकाे थियाे । अाबश्यक प्रक्रिया मिलाई गाउँपालिकाकै बैंकबाट अनुदान लिने ब्यवस्था मिलाउने गाउँपालिका उपाध्यक्ष पार्वति सुनुवारले बताईन ।
शाखाले अागामी दिनमा सेवाग्राहिहरूलाई सहज र सुरक्षित तवरले सेवा प्रदान गर्ने बैकका शाखा प्रमुख जनकण्ठ ऋेष्ठले बताए ।


0 comments

Write Down Your Responses