‘फिक्कल महोत्सव २०७५’ बुधवार देखि सुरु हुदै,सुचना तथा प्रविधि मन्त्री बास्कोटाले उद्घाटन गर्ने
बुद्ध नेपाली, माघ १,सिन्धुली । सिन्धुलीको फिक्कल गाउपालिकामा पर्यटन प्रबद्र्धन गर्ने उदेश्य सहित गाउपालिकामै पहिलो पटक बुधवार देखि ‘फिक्कल महोत्सव २०७५’ सुरु हुदैछ । माघ २ गते देखि ७ गते सम्म संचालन हुने महोत्सवको सम्पुर्ण तयारी पुरा भएको फिक्कल गाउपालिकाले जनाएको छ ।
‘सडक, शिक्षा र विजुली फिक्कलको पुर्वधार, कृषि वन र पर्यटन समृद्धिको मुल आधार’ भन्ने मुल नाराका साथ फिक्कल गाउँपालिकाको आयोजनामा हुन थालेको महोत्सवको एक भव्य समारोहका विच नेपाल सरकारका प्रवक्ता एवं सुचना तथा प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले उद्घाटन गर्ने कार्यक्रम तय भएको गाउपालिका अध्यक्ष धन बहादुर कार्कीले बताउनुभयो ।
मन्त्री बास्कोटाले बुधवार विहान ११ बजे महोत्सवको उद्घाटन गर्नुहुने अध्यक्ष कार्कीको भनाई छ । फिक्कल गाउँपालिका भित्रका ओझेलमा परेका पर्यटकिय स्थलहरुको अध्ययन तथा अवलोकन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा परिचित गराउने महोत्सवको मुख्य उदेश्य रहेका छ ।
महोत्सवले फिक्कल गाउँपालिकामा रहेका संभावित क्षेत्रहरु कृषि, जलश्रोत, पर्यटन, जडिबुटी आदि क्षेत्रको जानकारी तथा प्रचार प्रसार गर्ने, स्थानीय उत्पादनको प्रचार, प्रसार, विक्रि एवं प्रवद्र्धन गर्न साझा, औपचारिक एवं अल्पकालिन वजार उपलब्ध गराउने, विभिन्न जातजातिका सांस्कृतिक पक्षहरुको प्रचार प्रसार गर्ने, स्थानीय स्तरमा गरिएको किवी खेती र आलु पकेट क्षेत्रको दृश्यावलोकन गराउने, गाउँपालिका क्षेत्र भएर वग्ने सुनकोशी नदीमा ¥याप्टिङ गराउने उदेश्य महोत्सवले लिएको गाउपालिकाले जनाएको छ ।
भोली देखी ७ गतेसम्म संचालन हुने महोत्सव ६ दिनसम्म चल्नुका साथै १ लाख पर्यटक भित्र्याउने लक्ष्य आयोजकले लिएको छ ।
0 comments
Write Down Your Responses