Powered by Blogger.
पन्चेबाजा प्रतियोगीतामा भोला नेपालीको समुह विजयी

बुद्ध नेपाली, सिन्धुली,९ माघ / सिन्धुलीको फिक्कल गाउपालिकामा संचालित ‘प्रथम फिक्कल महोत्सव २०७५’ मा भएको लोपउन्मुख पन्चेबाजा प्रतियोगीतामा भोला नेपालीको समुह विजय भएको छ । लोप हुने अवस्थामा रहेको पन्चेबाजाको संरक्षण गर्ने उदेश्यले गाउपालिकाको आयोजनामा भएको प्रतियोगीतामा ६ वटा टिमलाई पछिपर्दै भोला नेपालीको समुह विजयी भएको हो । 

प्रतियोगीतामा विजयी भएसँगै भोला नेपालीको समुहले नगद ५ हजार रुपैयाँ पुरस्कार समेत हात पारेको छ ।
प्रतियोगीतामा हर्क नेपालीको समुह दोस्रो भएको छ । हर्क नेपालीको समुहले नगद ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको फिक्कल गाउपालिका ५ का वडा अध्यक्ष तथा गाउपालिकाका प्रवक्ता राजु बरालले जानकारी दिनुभयो । 

त्यस्तै प्रतियोगीतामा तेस्रो हुदै मन बहादुर नेपालीको समुहले नगद २ हजार रुपैया पुरस्कार हात पारेको छ । 
अन्तर विद्यालय नृत्य प्रतियोगीतामा जनजागृति माध्यमिक विद्यालय ढोडेनी महादेवडाडाँ प्रथम, माध्यमिक विद्यालय लम्ती पोखरी द्धितीय र सुनकोशी माध्यमिक विद्यालय सोखुवेशी खाङसाङ तृतिय भएको छ । 

प्रथम भएको  जनजागृति माध्यमिक विद्यालय ढोडेनी महादेवडाडाँले ५ हजार द्धितिय भएको माध्यमिक विद्यालय लम्ती पोखरीले ३ हजार र तृतिय हुने सुनकोशी माध्यमिक विद्यालय सोखुवेशी खाङसाङले २ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको प्रवक्ता बरालले बताउनुभयो । 

अन्तर विद्यालय नृत्य प्रतियोगीतामा १३ विद्यालयको सहभागीता रहेको थियो । त्यस्तै गायन प्रतियोगीतामा माध्यमिक विद्यालय सालघारी रातमाटा खोलागाँउ प्रथम हुदै नगद ५ हजार रुपैया पुरस्कार जितेको छ । 

माध्यमिक विद्यालय सम्नासुन्तले चण्डीभज्याङ पोखरी द्धितिय हुदै ३ हजार रुपैया र सुनकोशी माध्यमिक विद्यालय सोखुवेशी खाङसाङ तृतिय हुदै २ हजार रुपैया पुरस्कार जितेको छ । 

त्यस्तै भलिबल तर्फ चम्पादेवी गाउपालिका पलापु ओखढुंगा पहिलो हुदै २० हजार रुपैया जितेको छ । भने व्यापार संघ पलापु ओखलढुंगाले दास्रो हुदै १५ हजार रुपैया पुरस्कार जितेको छ । 

ज्वालामुखी युवा क्लव मानेभज्याँग उपालिका हर्कपुर ओखलढुंगाा तृतिय हुदै नगद १० हजार रुपैया पुरस्कार हात पारेको छ । 


,

0 comments

Write Down Your Responses