Powered by Blogger.
८८ सुत्केरी गाई भैसीले सुत्ेकरी भत्ता पाए

संगिता डिम्दोङ, सिन्धुली, ९ माघ । सिन्धुलीको कमलामाई नगरपालिकाले दुई महिनामा नगरक्षेत्रभित्रका ८८ वटा सुत्केरी पशुहरुलाई सुत्केरी भत्ता वितरण गरेको छ । 

नगरपालिकाले गत मङसिर १ गतेदेखि नै कृषकबाट सुत्केरी पशुको भत्ता दिन निवेदन सङकलन गरेर आज सम्म ८८ वटा सुत्केरी पशुलाई सुत्केरी भत्ता वितरण गरेको हो ।

मंसिर, पुष महिनामा संकलन भएका निवदेनका आधारमा ८८ वटा सुत्केरी पशुहरुलाई एक हजारका दरले ८८ हजार रुपैया सुत्केरी भत्ता वितरण गरेको नगरपालिकाले जनाएको छ ।

८८ वटा सुत्केरी पशुमध्ये ४७ सुत्केरी गाई र ४१ वटा सुत्केरी भैसीलाई सुत्केरी भत्ता वितरण गरिएको नगरपालिकाको पशु विकाश शाखा प्रमुख हरिहर लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार पशु सुत्केरी भत्ता  लिनेमा विशेष गरी नगरपालिकाको ४,५,६,७ र ११ वडाका किसानहरु रहेका छन् । नगरक्षेत्रभित्रका कृषकले पालेको गाई भैंसी ब्याउदा सुत्केरी भत्ता स्वरुप एक हजार रुपैयाँ भत्ता दिन थालिएको हो ।

 नगरक्षेत्र भित्र सफा र स्वास्थ्य  दुग्ध उत्पादन बढाउने उदेश्यले सुत्केरी भएका गाई भंैसीलाई खाद्यान्न सहयोगका लागि एक पटक नगद एक हजार रुपैयाँ भत्ता उपलब्ध गराउन थालिएको नगरपालिकाका पशु चिकित्सक हरिहर लामिछानेले बताउनुभयो ।

कृषकले पशुको सुत्केरी भत्तालिन वडा कार्यालयको सिफारिस, पशुधनी र ब्याएको गाईभैँसीको बच्चा सहित देखिने फोटो र नागरिकताको प्रतिलिपि सहितको निवेदन नगरपालिकामा दर्ता गर्नु पर्ने हुन्छ । यसरी उपलब्ध गराएको भत्ताबाट सम्बन्धित कृषकले ब्याएको पशुलाई पौष्टिक आहार र खाद्यान्न किनेर खुवाउनु पर्ने छ ।

जिल्लाको कमलामाई नगरपालिकापशु पालनकालागिउपयुक्त क्षेत्र मानिन्छ । यहाँको भद्रकाली, जलकन्या, डाँडीगुराँसे, रानीचुरी, रानीवास लगायतका वडामा ब्यावसायिक भैसी पालनका माध्ययमबाट पकेट क्षेत्र बनाउने नगरको योजना रहेको छ ।



,

0 comments

Write Down Your Responses