Powered by Blogger.
हरीहरपुरगढी गाउपालिकाको दिगो विकासबारेमा छलफल

संगिता डिम्दोङ, सिन्धुली,९ माघ / सिन्धुलीको हरीहरपुरगढी गाउपालिकामा आज संबाद समुहको छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गाउपालिकाको दिगो बिकासका बारेमा छलफल भएको गाउपालिकाले जनाएको छ ।

 हरिहरपुरगढी गाउंपालिकाका अध्यक्ष्य  कार्साङ तामाङ उपादक्ष्य, वडा अध्यक्ष्य लगाएत गाउपालिकाका सरोकारवालाहरु बिच छलफल भएको गाउपालिकाका अध्यक्ष तामाङले बताउनुभयो । 

संबाद समुहको छलफलमा बाग्मती नदीको दुषित पानी मरिन खोला लगाएतका खोलाहरुमा मिसिदाँ स्थानिय बासिन्दाहरुको जनजीबन प्रभावित बनेकाले ती फोहोर पानीको समस्या कसरी हटाउने भन्ने बारेमा छलफल भएको अध्यक्ष तामाङको भनाई । 

सर्लाही जिल्लाले बाग्मतीमा ड्याम लगाउनाले हरीहरपुरगढी गाउपालिकाका  माछा मारेर  दैनिकी चलाउने माझि, हायू समुदायमा परेको असरबारे, गाउपालिकाको मिचीएका सिमाङ्कनको बारेमा र धरान चतरा सडकबाट मिचिएका घर, जग्गाको प्रतिनिधी र सरोकारवाला बिच छिट्टै छलफल गर्ने निर्णय भएको अध्यक्ष्य तामाङले जानकारी दिनुभयो । 


,

0 comments

Write Down Your Responses