Powered by Blogger.
नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन सिन्धुलीद्धारा स्थानिय तहमा ज्ञापन पत्र पेश

बुद्ध नेपाली, सिन्धुली, १० माघ / नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन सिन्धुलीले दुई बुदें माग राख्दै जिल्लाका स्थानिय तहहरुमा ज्ञापन पत्र बुझाएको छ । 

सरकारले घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम जिल्लाका स्थानिय तहहरुले तत्काल कार्यान्वयन गर्नुपर्ने लगाएतका माग राख्दै युनियनले आज जिल्लाका दुई नगरपालिका सहित सात वटै स्थानिय तहमा ज्ञापन पत्र बुझाएको हो ।

तत्काल जिल्लाका स्थानिय तहहरुले नेपाल सरकारबाट अनुमती प्राप्त सवै निर्माण व्यवसायीहरुलाई सामाजिक सुरक्षाकोषमा सुचिकृत गरी उनीहरुसँग काम गर्ने सवै मजदुरहरुको नाममा सामाजिक सुरक्षा कोष कट्टा गर्ने व्यवस्था गर्नुपर्ने,सवै निर्माण तथा अनौपचारिक श्रमिक र स्वरोजगार श्रमिकहरुलाई यथासक्य चाडै सामाजिक सुरक्षा कोषमा सुचिकृत गराउने व्यवस्था गर्नुपर्ने माग राख्दै जिल्लाका स्थानिय तहहरुलाई ज्ञापन पत्र बुझाएको युनियनका अध्यक्ष कणृ बहादुर कार्कीले जानकारी दिए । 

अध्यक्ष कार्की तथा सचिव सरोज कुमार श्रेष्ठको हस्ताक्षर सहित बुझाईएको ज्ञापन पत्रमा ‘संविधानले स्थानिय सरकारलाई सम्पुर्ण अधिकार दिएकाले पालिका भित्र काम गर्ने निर्माण मजदुरहरुको अधिकारको रक्षा गर्नु स्थानिय सरकारको जिम्मेवारी हो । त्यसैले तत्काल सामाजिक सुरक्षा कोषको थालनी गराउन यो दुई बुदें ज्ञापन पत्र पेश गरेकाछौ’ भन्ने उल्लेख छ ।




,

0 comments

Write Down Your Responses