Powered by Blogger.
साढे दुई वर्षमा साढे १८ हजार आखाँका विरामी

रोशन अधिकारी 
सिन्धुली,१० माघ । साढे दुई वर्षमा सिन्धुलीमा साढे अठार हजार आखाँका विरामी भेटिएका छन् । 
सामुदायिक आखाँ उपचार केन्द्र सिन्धुलीमा उपचारका लागि आएका विरामीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३।७४ देखि २०७५।०७६  माघ ९ गते सम्म अठार हजार ६ सय ३६ आँखाका विरामी भेटिएका हुन् । 
केन्द्रका अनुसार साढे दुई वर्षमा महिला दश हजार ४ सय ४८ जना र पुरुष आठ हजार १ सय ८८ जना आखाँका विरामी उपचारका लागि आएका छन् । 

सामुदायिक आखाँ उपचार केन्द सिन्धुली जिल्लाका मात्र नभई उदयपुर, महोत्तरी, रामेछाप, दोलाखा, ओखलढुङगा लगाएतका जिल्लाहरुबाट पनि उपचारकाली विरामी आउने गरेको सामुदायिक आखाँ उपचार केन्द्र सिन्धुलीका इन्चार्ज धन बहादुर मगरले जानकारी दिनुभयो । 

इन्चार्ज मगरका अनुसार जिल्लाका नौ वटा स्थानिय तह मध्ये कमलामाई नगरपालिका र दुधौली नगरपालिकाबाट आखाँका विरामी धेरै आउने गरेका छन् ।

 सिन्धुली र आसपासका जिल्लाहरुबाट आँखाको उपचारका लागि आएका मध्ये सवैभन्दा धेरै आँखाका मौसमी सक्रमणहरु र मोति विन्दु भएका नौ हजार ८ सय २४ जना केन्द्रमा आएका छन् । जस मध्ये महिला ५ हजार ७ सय १८ छन भने पुरुष ४ हजार १ सय ६ जना रहेका छन् । 

त्यस्तै आँखामा लाग्ने चोटपटकहरु र चस्मा लगाउनुपर्ने महिला २ हजार ९ सय ३९ र पुरुष २ हजार २ सय ८ गरी पाँच हजार १ सय ४७ जना उपचारका लागी आएक इन्चार्ज मगरको भनाई छ ।  मगरका अनुसार आँखाका अन्य रोगहरु भएका ३ हजार ६ सय ६५ उपचारका लागि आएका छन् । 

आँखाको उपचारका लागि आउने मध्ये उमेरका आधारमा सवैभन्दा धेरै १५ देखि ५९ उमेरका रहेका छन् । साढे दुई वर्षमा १५ वर्ष देखि ५९ वर्ष उमेरका १२ हजार १ सय ६१ आँखाका विरामी उपचारका लागी आएको केन्द्रले जनाएको छ । १४ वर्ष मुनिका २ हजार ९ सय ४२ र ६० वर्ष भन्दा माथिका ३ हजार ५ सय ३३ जना आँखाका विरामी उपचारका लागि आएका छन् । 

केन्द्रले आँखाका विरामीको उपचारका लागि समय समयमा केन्दमै तथा जिल्लाका विभिन्न ठाउँमा निः शुल्क आँखा शिविर समेत सञ्चालन गर्दै आएको छ । 


,

0 comments

Write Down Your Responses