Powered by Blogger.
सिन्धुलीको मरिण गाउँपालिले ल्होछारमा २ दिन सार्वजनिक विदा दिने

बुद्ध नेपाली, सिन्धुली,१४ माघ / तामाङ समुदायको बहुल्यता रहेको सिन्धुलीको मरिण गाउपालिकाले तामाङ समुदायको साँस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा सार्वजनिक विदा दिने भएको छ । 

मरिण गाउँ कार्यपालिकाको सोमबार बसेको बैठकले तामाङ समुदायको साँस्कृतिक पर्व २८५५ फाग, सोनाम ल्होछारको अवसरमा दुई दिन गाउपालिकाका भरी सार्वजनिक विदा दिने निर्णय गरेको हो । 

सोमवार बसेको बैठकले ल्होछार पर्वको अवसरमा यही माघ २२ र २३ गते गाउँपालिका भरी सार्वजनिक विदा दिने निर्णय गरेको गाउपालिकाका प्रवक्ता बिमर्श मोक्तानले बताउनु भयो । उनले भने‘हाम्रो गाउपालिकामा विशेष गरी तामाङ समुदायको बसोबास बढी नै छ । यस अर्थ पनि ल्होछार पर्वको महत्व धेरै छ । त्यसैले हामीले दुई दिन सार्वजनिक विदा दिने निणय गरेकाछौं’। 

मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बोम्जनको अध्यक्षतामा बसेको बैठकले तामाङ समुदायको साँस्कृतिक पर्व ल्होछार र माझी समुदायको साँस्कृतिक पर्व लदी पूजाका दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । 

ल्होछार पर्वको अवसरमा माघ २२ र २३ गते विदा दिने र लदी पूजाको अवसरमा आगामी फागुन २१ गते गाउँपालिका भरी सार्वजनिक विदा दिने निर्णय भएको मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बोम्जनले बताए । ‘मानविय रुपमा तामाङ बाहुल्यता रहेको यस गाउँपिलकामा ल्होछार पर्वले पछिल्लो समय असाध्यै महत्व राख्न थालेको छ । संविधानले नै स्थानिय सरकारलाई दिएको अधिकार भित्र रहेर हामीले यस गाउपालिकामा रहेका तामाङ समुदायको अपेक्षालाई पुरा गरेका हौं, गाउपालिकामा माझी समुदायको पनि उतिकै उल्लेख्य बसोबास छ, हामीले उनीहरुको पनि माग सम्बोधन गरेका छौं’ अध्यक्ष बम्जनले भने । 

यस अघि नेपाल तामाङ घेदुङ र नेपाल माझी उत्थान संघ मरिण गाउँ कार्य समितिले ल्होछार र लदी पूजाको दिन सार्वजनिक विदाको माग गर्दै ज्ञापन पत्र समेतद बुझाएको थिए । 

तामाङ समुदायको मौलिक परम्परागत साँस्कृतिक पर्व सोनाम ल्होछार यही माघ २१ गते राती १२ बजेबाट २८५४ खि ल्हो सकेर २८५५ फाग ल्हो प्रारम्भ हुदैछ । बि.सं अनुसार माघ शुक्लापक्ष प्रतिपदाको दिन पर्ने सोनाम ल्होछार, मञ्जुश्री तामाङ सम्बत अनुसार तामाङ पहिलो महिना ख्रे लाको १ गते पर्दछ । 

जुन दिन यसवर्ष माघको २२ गते परेको छ । सोनाम ल्होछार तामाङ समुदाले धुमधामसँग विविध कार्यक्रम गरी मनाउदै आएको । 


,

0 comments

Write Down Your Responses