Powered by Blogger.
खुकुरी प्रहार हुदाँ एक जना घाईते

बुद्ध नेपाली, सिन्धुली,१५ माघ । सिन्धुलीको कमलामाई नगरपालिका २ पिपलभञ्ज्यांगमा मंगलवार दिउसो दुई समुह विच खुकुरी हानाहान हुदाँ एक जना गम्भिर घाईते भएका छन् । 

मंगलवार दिउँसो करिब २ बजेको समयमा पिपलभञ्ज्यांगका कमाण्डो भनिने अमर तामाङलाई कमलामाई नगरपालिका २ मुढे बस्ने कमल थापाले खुकुरी प्रहार गरि घाइते बनाएका हुन् ।

सामान्य विवादमा थापाले तामाङमाथि खुकुरी प्रहार गरी आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । घाइते तामाङको दुवै हात र मुखमा चोट देखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरीनायव उपरिक्षक लोकदर्शन थापाले जानकारी दिए । 

उनको सिन्धुली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ । खुकुरी प्रहार गर्ने थापालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरीनायव उपरिक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । 

एउटै गाउँमा बस्ने युवाहरुको समुह समुह विच विवाद हुदाँ खुकुरी प्रहार भएको प्रहरीको प्रारम्भीक अनुसन्धानमा देखिएको प्रहरी नायव उपरिक्षक थापाको भनाई छ । 


0 comments

Write Down Your Responses