Powered by Blogger.
पहिलो फिक्कल महोत्सब २०७५ को समापन

बुद्द आछामी , सिन्धुलीर खाङसाङ  ८ माघ । सिन्धुलीको फिक्कल गाउपालिकाको खाङसाङमा संचालित पहिलो फिक्कल महोत्सव  मंगलवार सम्पन्न भएको छ ।

‘सडक, शिक्षा, बिजुली फिक्कलको पुर्वाधार, कृषि,जडिबुटि र पर्यटन सबृद्धिको मुल आधार’ भन्ने मुल नाराका साथ गत पौष २ गते देखि पौष ८ गते (मंगलवार) सम्म सञ्चालित प्रथम फिक्कल महोत्सब २०७५  मंगलवार एक समारोह बिच समापन गरिएको हो । 

फिक्कल गाउँपालिकाद्दारा आयोजित महोत्सबको समापन समारोहमा बोल्दै ३ नं. प्रदेशका उधोग पर्यटन बन तथा वातावरण  मन्त्री माननीय अरूण नेपालले सरकारको अबको यात्रा सबृद्दिको यात्रा रहेको बताउँदै सबैपक्षलाई सरकारको यो अभियानमा सहयोग पुर्याउन आग्रह गरे । सबृद्दिका लागि सिगो नेपाली जनता एकजुट भएर आफुसँग भएका श्रोत र साधनलाई सहि सदुपयोग गर्नुपर्ने मन्त्री नेपालले बताए । 

फिक्कल महोत्सबमा सञ्चालित रयाफ्टिङ र प्याराग्लाइडिङलाई निरन्तरता दिदै सबृद्दिको आधारको रूपमा प्रयोग गर्न समेत मन्त्रि नेपालले स्थानीय तहलाई आग्रह गरे । 

फिक्कल बिकासको गुरूयोजना निर्माण गरि अगाडि बढ्न पनि उनले आग्रह गरे । 

समापन समारोहमा बोल्दै प्रदेश सासंद लेखनाथ दाहालले रयाफ्टिङ, प्याराग्लाइडिङ महोत्सबको नयाँ पहिचान भएको बताउदै प्रदेश सरकारले प्राथामिकताका साथ फिक्कललाई पर्यटकीय आकर्षणको केन्द्रको रूपमा बिकास गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा   जिल्ला समन्यब समिति सिन्धुलीका प्रमुख संकर बर्मा, नेकपाका जिल्ला नेता खड्ग रजनमगर(धिरज), नेपाली काग्रेसका जिल्ला सभापति उज्जल प्रसाद बराल लगायतले मनतब्य ब्यक्त गरेका थिए । 

प्याराग्लाइडिङ, रयाफ्टिङ, विभिन्न जातजातिका झाकिहरू र फिक्कल कलाघर प्रथम फिक्कल महोत्सब २०७५ का प्रमुख आकर्षकको रूपमा रहेका थिए । 
महोत्सबको अबसरमा खेदकुद, गायन, नृत्य तथा लोपउन्मुख पन्चेबाजा प्रतियोगिता समेत गराईएको थियो । 
फिक्कल महोत्समा राष्ट्रिय तथा स्थानीय कलाकारहरूले दैनिक भरपुर मनोरञ्जन प्रदान गरेका थिए । 

समापनको दिन ज्योति मगर, टीका प्रसाईं, लेखराज गुरूङ लगायतका कलाकारहरूले मनोरञ्जन प्रदान गरेका थिए । 

८ दिन सम्म चलेको महोत्सबको अनुमानित ३० हजार दर्शकले अबलोकन गरेको र ५० लाखको कारोबार भएको महोत्सब मुल आयोजक समारोह समितिले जनाएको छ । 


, ,

0 comments

Write Down Your Responses