Powered by Blogger.
सिन्धुलीका अस्थायी करार शिक्षक आन्दोलनमा


सिन्धुली,२० माघ / छुट अस्थायी करार शिक्षक संघर्ष समिति सिन्धुलीले विभिन्न ३ बुदें माग राख्दै जिल्ला शिक्षा समन्वय ईकाई सिन्धुलीमा ज्ञापन पत्र बुझाएको छ ।
२०७२ साल असोज २ गते पछि नियुक्त भएका शिक्षकहरुले आईतवार सिन्धुलीमाढीमा व्यापक जिल्ला भेलाको आयोजना गर्दै जिल्ला शिक्षा समन्वय ईकाई सिन्धुली मार्फत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा ज्ञापन पत्र बुझाएको हो ।
आईतवार नै जिल्लाका नौ वटै स्थानिय तहका नेपाल राष्ट्रिय शिक्षक महासंघ, नेपाल शिक्षक संघ जिल्ला समिति सिन्धुली, एकिकृत नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति सिन्धुलीलाई पनि ज्ञापन पत्र बुझाइएको छुट अस्थायी करार शिक्षक संघर्ष समिति सिन्धुलीले जनाएको छ ।
शिक्षा ऐनको नवौं संसोधनले २०७२ साल असोज २ गते पछि नियुक्त भएका करार शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट छुट्याई खुल्ला विज्ञापन गरेको थियो । आन्तरिक प्रतिस्पर्धाको खुल्ला विज्ञापनको नतिजा निस्केपछि छुट अस्थायी करार शिक्षकहरुको रोजगारी जाने भन्दै २०७२ साल असोज २ गते पछि नियुक्त अस्थायी करार शिक्षकलाई रोजगारीबाट विस्थापित नगराई र आन्तरिक परिक्षामा सहभागी गराउनु पर्ने उनीहरुले माग राखेका छन् ।
सिन्धुलीमा २०७२ असोज २ गतेपछि नियुक्त भएका करिव २ सय ५० जना शिक्षक रहेका छुट अस्थायी करार शिक्षक संघर्ष समिति सिन्धुलीका अध्यक्ष इन्द्रमणी सुनुवारले जानकारी दिए ।
नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा(१८)को समानाको हक र धारा(३३)को रोजगारीको हक बमोजिम २०७२ साल असोज २ गतेपछि नियुक्त अस्थायी करार शिक्षकहरुलाई सेवाबाट विस्थापित गर्नबाट जोगाई रोजगारीको हक सुनिश्चित गर्नुपर्ने उनीहरुले माग रहेको छ ।
शिक्षा एनको नबौं बमोजिम अस्थायी शिक्षक सरह २०७२ साल असोज २ गतेपछि नियुक्त अस्थायी करार शिक्षकलाई पनि संघिय शिक्षा ऐनमा आन्तरिक परीक्षामा सामेल गराउनुपर्ने, २०७२ साल असोज २ गतेपछि नियुक्त अस्थायी करार शिक्षक उमेर हदका कारण खुला विज्ञापनमा समेत परीक्षा दिनबाट बञ्चित भएकाले परिक्षाबाट बञ्चित शिक्षकलाई विस्थापित हुनबाट जोगाई अस्थायी करार शिक्षकलाई सेवा निरन्रताका साथै आन्तरिक परिक्षाको व्यवस्था गर्नु माग उनीहरुको छ ।


, ,

0 comments

Write Down Your Responses