Powered by Blogger.
हराएको साढे चार लाख प्रहरीले फेला पारी पिडितलाई फिर्ता


सिन्धुली, २० माघ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका–१ बेलटार निवासी खुस बहादुर श्रेष्ठको हराएको साढे चार लाख रुपैयाँ रकम भेटाएर फिर्ता दिएको छ ।
श्रेष्ठले काठमान्डौबाट बेल्टार जाने क्रममा सिन्धुलीको शान्तिनगर चोकबाट पैसा भएको कालो झोला हराएपछि प्रहरीमा खबर गरेका थिए । ट्राफिक प्रहरीले कनपा २ पिपलभन्ज्याङमा हायसमा चेकजाँचगर्दाे एक यात्रुसँग उस्तै कालो झोला परेकाले साटिएको  अबस्थामा फेला पारेको र उक्त झोला र पैसा श्रेष्ठलाई फिर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।


0 comments

Write Down Your Responses