Powered by Blogger.
सोनाम ल्होछारको अवसरमा सिन्धुलीका ३ स्थानिय तहले दिए सार्वजनिक विदा

बुद्ध नेपाली, सिन्धुली,१४ माघ । 
तामाङ समुदायको बहुल्यता रहेका सिन्धुलीका तीन वटा स्थानिय तहहरुले तामाङ समुदायको साँस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा सार्वजनिक विदा दिने भएका छन । 

जिल्लाका हरिहरपुरगढी, मरिण र घ्याङलेख गाउपालिकाकाले तामाङ समुदायको साँस्कृतिक पर्व २८५५ फाग, सोनाम ल्होछारको अवसरमा दुई दिन गाउपालिकाका सरकारी कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । 

घ्याङलेख गाउपालिकाकाले सोनाम ल्होछारको अवसरमा यही माघ २०,२१ र २२ गते सार्वजनिक विदा दिने बताएको छ । 

तामाङ समुदायको बहुल्यता रहेका दुई स्थानिय तहहरुले सार्वजनिक विदा दिने निर्णय गरेसँगै घ्याङलेख गाउकार्यपालिकाको  विहीवार बसेको ल्होछारको अवसरमा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । 

यस अघि नै मरिण गाउँ कार्यपालिकाको माघ १४ गते बसेको बैठकले सोनाम ल्होछारको अवसरमा दुई दिन गाउपालिकाका भरी सार्वजनिक विदा दिने निर्णय गरेको थियो । ल्होछार पर्वको अवसरमा यही माघ २२ र २३ गते गाउँपालिका भरी सार्वजनिक विदा दिने निर्णय गरेको हो । 

हरिहरपुरगढी गाउपालिकाले पनि सोनाम ल्होछारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । हरिहरपुरगढी गाउपालिकाले यही माघ २१,२२ र २घ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । 



0 comments

Write Down Your Responses