Powered by Blogger.
काङ्ग्रेस सिन्धुलीको सरकारबिरुद्द बिरोध प्रदर्शन

माघ २१ सिन्धुली । सरकारकाको विरोधमा देशभर प्रदर्शनमा उत्रेको काग्रेसले सिन्धुलीमा पनि विरोध प्रदर्शन गरेको छ । दुई तिहाई बहुमतको बर्तमान कम्युनिष्ट नेतृत्वको सरकारको पछिल्लो समयको गतिविधिहरुको विरोध गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसले प्रदर्शन गरेको हो ।

वाइडबडी जहाजमा भएको भनिएको भ्रष्टाचार, निर्मला पन्तको बलात्कार पछिको हत्यामा संलग्नलाई कारबाही नहुनु, स्वदेशी लगानीमा बनाउने भनेको बूढीगण्डकी जलविद्युत बिना प्रतिस्पर्धा चाइना गेजुवा कम्पनीलाई दिने लगायत मुद्दामा असहमती जनाउदै सरकारको विरोधमा प्रदर्शन गरेको हो ।

सरकार विरुद्ध विभिन्न नाराबाजी गर्दै कमलामाई नगरपालिका ६ स्थित पार्टी कार्यालयबाट निस्केको बिरोध ¥याली जिल्लाको मुख्य बजार क्षेत्र धुरा बजार, स्टल बजार, गैरी बजार, दुई नम्बर बजार घुम्दै लोकतान्त्रिक चोकमा कोणसभामा परिणत भएको थियो । 
कोणसभामा बोल्दै नेपाली काग्रेसका सिन्धुलीका पुर्ब सभापती तथा पुर्वसांसद मोहन प्रसाद बरालले सरकारको अधिनायकबादी शैलिको विरुद्ध विरोध गरेको बताए । कार्यक्रममा काग्रेसका विभिन्न जिल्ला नेताहरुले आफ्नो भनाई राखेका थिए ।

कांग्रेस जिल्ला समितिले आयोजना गरेको प्रर्दशनमा कांग्रेसका कार्यकर्ता तथा तरूण दल, नेविसंघ, महिला संघ लगायत सबै भातृ संघसंगठनको पनि सहभागीता रहेको थियो ।


,

0 comments

Write Down Your Responses