Powered by Blogger.
मानिसलाई नियतले होइन परिस्थीतिले भ्रष्ट बनाउछ– डा.भट्टराई



सिन्धुली, २२ माघ । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पुर्व प्रधानमन्त्री डा.बावुराम भट्टराईले मानिसलाई नियतले नभएर परिस्थितीले भ्रष्ट बनाएको बताएका छन ।
असल राजनिती र समावेशी विकासका लागी मध्यपहाडी पुष्पलाल लोकमार्ग(चिवा भञ्ज्याङ पाचथर देखी झुलाघाट बैतडी सम्म) को जनसंवाद यात्राको क्रममा मङ्गलबार सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं.३ ग्वाल्टारमा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराइले भने, “मानिसलाई नियतले होइन परिस्थितीले भ्रष्ट बनाउछ, परिस्थिती अनुसार विधि र प्रणालीमा परिवर्तन गर्न नसक्दा भ्रष्टाचार, अनियमितता बढ्दै गईरहेको छ ।”
देशलाई एक दर्जन जति कमिशनखोरहरुले विगारिरहेको बताउँदै उनले भ्रष्टाचार शक्ता अनि फेरी भ्रष्टाचार फेरी शक्ताको चक्रब्यूहमा देश फसिरहेकोमा चिन्ता समेत ब्यक्त गरे ।
विगतका शासकको गलत नीतिका कारण पहाडको विकास हुन नसकेको संयोजक भट्टराईको भनाई थियो । समावेशी विकासले मात्रै पहाडमा समृद्धि आउने र यसका लागि केन्द्रलाई भन्दा स्थानीय तह र त्यसमा पनि वडासँग बढी अधिकार हुनुपर्ने उहाँले बताउनुभयो । ‘अधिकार केन्द्रमा राख्ने होइन संघलाई भन्दा प्रदेशलाई र प्रदेशलाई भन्दा स्थानीय तहलाई, स्थानीय तहलाई भन्दा वडालाई बढी अधिकार दिनुपर्छ,’ उहाँले भन्नुभयो,  ’त्यसो भएमात्रै विकास जनताको घरदैलोमा पुग्छ ।’
पहाडबाट बसाइसराई गर्नुको साटो पहाडमा नै विकास र समृद्धि ल्याउनेतिर ध्यान जानुपर्ने संयोजक भट्टराईको जोड थियो ।  ‘अबको युगमा पहाडमा नै कृषिको व्यवसायीकरण कसरी गर्ने, पर्यटन प्रवर्द्धन कसरी गर्ने र औद्योगीकरण कसरी गर्ने भन्ने योजना बनाउँदै कार्यान्वयन गर्ने बेला आएको छ,’ उहाँले स्पष्ट पार्नुभयो ।
पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले अगाडि थप्नुभयो, ’गरिबी र बेरोजगारी उन्मुलन गरेर सबैले प्रतिफल पाउने र दिगो विकास समृद्धिको मोडेल अपनाउनु आवश्यक छ । यसलाई हामीले समृद्धि सबैका लागि, सधैंका लागि’ भनेका छौं ।’
उहाँले आफूहरु जनताबाट सिक्न आएको र आफूले भनिरहेको कुरा गलत रहेछ भने फेर्न र फेरिन तयार रहेको बताउनुभयो  । उहाँले एक महिने अभियान सकिएसँगै यात्राको सिकाईको आधारमा नयाँ ढंगले अगाडि बढ्ने जानकारी दिनुभयो ।
सोमबार बेलुकानै ग्वाल्टार आईपुगेका डा.भट्टराईले स्थानीय तहका जनप्रतिनिधीहरु, कर्मचारी, बुद्धिजिवी शिक्षक तथा स्थानीयहरुसँग भेटघाट तथा छलफल गरेका थिए ।
भट्टराईलाई उच्च माध्यमिक शिक्षक एशोसियसन, सिन्धुली र स्वास्थ्य चौकी ग्वाल्टारले ज्ञापन पत्र समेत बुझाएका छन ।
त्यस्तै मङ्गलबार नै खुर्कोटका स्थानीयहरुसँग भेटघाट तथा संवादमा सहभागी समेत बनेका भट्टराई बेलुका सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा जनताको घरमा संवाद तथा छलफल सहित बास बस्ने कार्यक्रम रहेको नयाँ शक्ति पार्टी सिन्धुलीका संयोजक दिर्घराज श्रेष्ठले बताए ।



, ,

0 comments

Write Down Your Responses