Powered by Blogger.
सरकारको काम देखेर बिपक्षीहरु आत्तिएका छन– मन्त्री महासेठ


सिन्धुली, २३ माघ । नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले सरकारले गरिरहेको बिकासको काम देखेर विपक्षीहरु आत्तिएको बताएका छन । 
सिन्धुलीको दुधौली नगरपालिका–६ हर्षाही(जगाडि) र वडा नं.५ सिर्थौली(खनिया) जोड्ने कमला खोलामा निर्माण गरिएको पक्की पुलको उदघाटन कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै मन्त्री महासेठले भने, “सरकारको बिकासको कामको गति देखेर विपक्षिहरु आत्तिएका छन, नचाहिदो एजेण्डा बोकेर सरकार बिरुद्ध जनतामा भ्रम छरिरहेका छन ।”
उनले प्रतिपक्षमा रहेका पार्टीहरुलाई इगित गर्दै भने, “बिकासको सवालमा राजनिती नगर्नुस, बरु आउनुस सहकार्य गरेर देशको बिकास गरौं ।” राजनिती चुनाबको बेलामा मात्र गर्न समेत मन्त्री महासेठले आग्रह गरे । 
मन्त्री महासेठले सरकारले चुनाबमा गरेका प्रतिबद्धता अनुसारमा काम गरिरहेको बताउँदै भने, “हामी अबको चार बर्षमा चुनाबमा गरेका प्रतिबद्धताहरु पुरा गरेर देखाउँछौं । हामीले काम सुरु गरिसकेका छौं ।” उनले सरकारले पुर्वाधारको क्षेत्रमा सडक मार्ग, रेल मार्ग र जल मार्ग मार्फत विकास गर्ने कामको सुरुवात भएको बताए । मन्त्री महासेठले भने, “सरकार सञ्चालनको एक वर्ष पुगेको अवसरमा हामी पानिजहाजको केन्द्रिय कार्यालय उदघाटन गर्दैछौं ।” पुर्व पश्चीम उत्तर दक्षिण् रेल मार्ग, बिधुतिय रेल, काठमाण्डौं केरुङ रेल मार्ग निर्माण लगायतका कामलाई सरकारले प्राथामिकताको साथ अगाडि बढाईरहेको मन्त्री महासेठले बताए । 
मन्त्री महासेठले सरकारले सवै स्थानीय तहमा चार वर्षमा पक्की सडक सञ्जालले छुवाउने र ६ हजार देखि ८ हजार सम्म पक्की सडक निर्माण गरिसक्ने प्रतिबद्धता समेत ब्यक्त गरे । सरकारको राम्रो काम गर्ने निर्माण ब्यवसायीलाई पुरस्कृत गर्ने र काम नगर्ने ब्यवसायीलाई कार्वाही गर्ने निती भएकाले ८ वर्ष देखि अलपत्र परेको कमला पुलका ठेकेदारलाई पनि कार्वाहिको प्रक्रियामा ल्याइने बताए । साथै अलपत्र अवस्थामा रहेको कमला पुल १ वर्ष भित्र जसरी पनि निर्माण गरीसक्ने प्रतिबद्धता समेत ब्यक्त गरे । 
त्यस्तै पुल उदघाटन कार्यक्रममा बोल्दै सिन्धुली प्रतिनिधीसभा–१ का सांसद गणेश पहाडीले आफ्नो निर्वाचन क्षेत्रको भौतिक विकासका लागी सडक पुल निर्माणमा सहयोग गरीदिन मन्त्री महासेठलाई आग्रह गरे । साथै प्रदेश सासंद राजन दाहालले कमला नदि नियन्त्रण, चुरे क्षेत्रको खहरे नियन्त्रण, उत्तर दक्षिण सडक निर्माण गर्न सकियो भने सबृद्ध नेपाल र सुखि नेपालीको नाराले सार्थकता पाउने बताए । 
कमला खोलामा निर्माण गरिएको ५०० मिटर लामो उक्त पुल २०७३ असार २९ मा निर्माण कम्पनी कालिका–तुँदी–रसुवा जेभि काठमाण्डौंसँग सम्झौता भई सुरु गरिएको थियो । कुल ६१ करोड २२ लाख २८ हजार तिनसयँ रुपैयाँ लगानीमा निर्माण गरिएको उक्त पुल निर्माण कम्पनिले सम्झौता भन्दा १ वर्ष अगाडि नै निर्माण कार्य सम्पनन् गरेको छ । 
पुल निर्माण पछि कमलाखोजबासीलाई आवतजावतमा सहजता भएको छ । स्थानीयहरु हर्षित भएका छन । 


, ,

0 comments

Write Down Your Responses