Powered by Blogger.
बोलेरो दुर्घटना हुदाँ पाँच जनाको मृत्यु, ८ जना घाईते

रेडियो बिजय किल्ला , सिन्धुली,२४ माघ । सिन्धुलीको फिक्कल गाउपालिकामा विहीवार डबल क्याप बोलेरो दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ । अन्य ८ जना घाईते भएका छन् । फिक्कल गाउपालिका एक महादेव डाँडाबाट सिन्धुलीमाढी तर्फ आउदै गरेको बा १५ च ९४२२ नम्बरको डबल क्याप बोलेरा आफै अनियन्त्रीत भई फिक्कल गाउपालिका दुई चण्ढी भज्याँङमा दुर्घटना भएको हो । 

दुर्घटनामा परी मृत्यु हुने मा फिक्कल गाउपालिका २ की २५।२६ बर्षिया अनिता महत, फिक्कल –२ की ५५।५६ बर्षिया तिलमायाँ विक, सोही ठाँउका ६०।६५ का कुनमान तामाङ, फिक्कल गाउपालिका –३ की ३५।३६ की शान्तीमाया श्रेष्ठ र फिक्कल गाउपालिका –२ की ४५।५० वर्षिया लक्ष्मी वि क रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

अनिता महतको उपचारका लागि अस्पताल ल्याउदै गर्दा बाटो मै मृत्यु भएको हो भने अरु चार जनाको घटना स्थलमै मृत्यु हो । 

दुर्घटनामा परी फिक्कल २ चण्डीभज्याङ्गका ४३ का दिपक कुमार सुनुवार, सोही ठाँउका चालक मान बहादुर सुनुवार, तिनपाटन गाउपालिकाका २६ बर्षका गणेश घिसिङ, फिक्क्ल –२ का ३५ वर्षका जय प्रसाद न्यापाने, फिक्कल –३ का ३८ बर्षका दिपक श्रेष्ठ, फिक्क्ल –२ का ६६ बर्षका गंगा माया विक, फिक्क्ल –१ का ६५ बर्षिया चन्द्रमाया विक, सोही ठाँउका ४५ बर्षका राजेश सुनुवार र सोही ठाँउका ६० बर्षका नन्द लाल विक घाईते भएका छन् । 

घाईते मध्य दिपक कुमार सुनुवार, चालक मान बहादुर सुनुवार, गणेश घिसिङको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक लोकदर्शन थापाले जानकारी दिए । प्रहरी नायव उपरिक्षक थापाका अनुसार घाईते मध्ये दिपक कुमार सुनुवार र मान बहादुर सुनुवारको अवस्था गम्भिर छ । 
घाईतेलाई उपचारका लागि दुलिखेल पठाइएको छ । बोलेरो सडकबाट दुई सय मिटर तल खसी दुर्घटना भएको प्रहरीले जनाएको छ ।   


,

0 comments

Write Down Your Responses