Powered by Blogger.
पिकअप भ्यानले ठक्कर दिदा दुई विद्यार्थी घाईते

सिन्धुली,१ फागुन । विपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका ६ राम्माढीमा बुधवार विहान पिकअप भ्यानले ठक्कर दिदाँ दुई विद्यार्थी घाईते भएका छन् । 

सिन्धुलीमाढीबाट खुर्कोट तर्फ जादै गरेको बा३च १७५१ नम्बरको भ्यानले सिन्धुली बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत दुई विद्यार्थीलाई सडकमा हिडीरहेका बेलामा ठक्कर दिएको हो । भ्यानको ठक्करबाट १७ बर्षकी रोजीना कार्की र १८ बर्षकी मुनी थापा घाईते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

घाईते कार्कीको सिन्धुली अस्पतालमा उपचार भईरहेको र थापाको टाउँको चोट देखिएकाले थप उपचारका लागि काठमाडौं पठाईको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक लोकदर्शन थापाले बताए । 

घटना पश्चात स्थानिय तथा विद्यार्थीहरुले अहिले विपी राजमार्ग अवरुद्ध गरेका छन् । घटना भएको थापा पाएपनि प्रहरी घटना स्थिल ढिला भएको भन्दै विद्यार्थीहरुले राजमागमा टायर बालेर प्रदर्शन गरेका हुन् । 


,

0 comments

Write Down Your Responses