Powered by Blogger.
स्थानीय भन्छन “घ्याम्पेखोला उत्खनन् रोक्नु पर्छ, गाउँपालिका भन्छ, रोक्नेलाई कार्बाहि हुन्छ ”



सिन्धुली, १ फाल्गुण । सुनकोशी गाउँपालिका–१ स्थित घ्याम्पेखोलाको उत्खन्न् बन्द गर्न अघिल्ला वर्षहरु देखिनै माग गर्दै आईरहेका स्थानीयहरुले यसपटक पनि उत्खनन् बन्द गर्न माग गर्दै उत्खनन्मा गएको डोजर फर्काइ दिएपछि स्थानीय सरकारले उत्खनन्मा रोक लगाउनेहरु माथि कार्वाहि गर्ने चेतावनी दिएको छ ।  
उत्खनन् बन्दको माग गरिहेका स्थानीयबासीहरुको समस्या र गुनासाहरुको बेवास्ता गर्दै सुनकोशी गाउँपालिका कार्यालयले बातावरण प्रभाव मुल्याङकन प्रतिवेदन(आइएइ) तयार गरी घ्याम्पेखोलाको ढुंगा, गिट्टी, बालुवा उत्खनन् गर्न आर्थिक वर्ष २०७५/०७६ का लागी २०७५/०४/१० मा सुचना प्रकाशन गरि १ करोड ७५ लाख रकममा बोलपत्र आब्हान गरेको थियो । 
स्थानीयबासीहरुको गुनासा र समस्याहरु नसुनिकन गाउँपालिकाले बोलपत्र मार्फत जबरजस्त ठेक्का लगाएपछि स्थानीयहरुले उत्खनन्को ठेक्का पाएको जोशि सप्लायर्स प्रालिलाई उत्खनन् गर्न रोक लगाउँदै आएका थिए । 
अघिल्ला बर्षहरुमा गरिएको घ्याम्पेखोलाको अबैद्य उत्खनन्का कारण त्यस क्षेत्रका रुपटार, बालुवाटार, आपघारी, घ्याम्पाटार, बसेरी, आरुखोला लगायतका मानवीय वस्तीहरु जोखीममा पर्नुका साथै विद्यालय, बनक्षेत्र र खानेपानीको मुहान समेत प्रभावित बनेकाले उत्खनन् रोक्नु पर्ने स्थानीय तथा नेपाली काग्रेसका नेता कपिल कोइरालाले बताए । 
उनले भने, “स्थानीय सरकारले श्रोत साधनको सदुपयोग गर्नु हुन्न भन्ने मेरो धारणा होइन तर स्थानीयहरुको समस्या नबुझी स्थानीयहरु नै जोखिममा पारेर, ठेकेदारसँग मिलेर जुन हिसाबले काम भईरहेको छ त्यो गलत छ ।” उनले स्थानीय सरकार जनताका समस्यासँग भन्दा पनि ठेकेदारसँगको मिलेमतोमा चलेको आरोप लगाए ।  
स्थानीयहरुको आक्रोशको कारण घ्याम्पेखोला उत्खनन् रोकिएपछि छलफलका लागी मङ्गलबार घयाम्पेखोला पुगेका गाउँपालिका अध्यक्ष दिपा बोहोरा र उपाध्यक्ष दिर्वसिंह मोक्तान सहितको टोलीले धम्कीपूर्ण भाषा प्रयोग गरी उत्खन्न्मा रोक लगाए कार्वाहि गर्ने चेतावनी दिएको स्थानीयहरुले बताएका छन । उनले भने, “ यस क्षेत्रका हामी स्थानीय समस्यामा पारेर ठेकेदार खुसी बनाउन स्थानीय सरकार तल्लीन भएको छ ।” पटक–पटक संर्घष गर्द पनि सरकारले हाम्रो पिडा बुझेन ।” बास्तविक पिडा स्थानीय सरकारले नबुझेकोले उत्खनन् रोक्न खोलामै जम्मा हुनुपर्ने ठाउँमा पुगेको उनले बताए । 
आई.ई.ई. प्रतिवेदन अनुसार भुक्षय तथा नदि खोला प्रवाहको दिशा परिवर्तन हुने गरी र पानिको सतह भन्दा मुनिबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन् गर्न नपाइने भएपनि ठेकेदार कम्पनिले ठुला मेशिनहरुको प्रयोग गरी खोला भरिनै ठुलठुला खाडलहरु बनाएर नियम बिपरित उत्खनन् गरिरहेको भन्दै स्थानीयहरुले पटक–पटक आक्रोश ब्यक्त गर्दै आईरहेको भएपनि फेरि फेरी पनि गाउँपालिकाले ठेक्का लगाएर स्थानीयसँग पौठेजोरी खेलेको एक स्थानीयले बताए । 
बातावरण संरक्षण ऐन २०५३ ले कसैले पनि वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पार्ने गरी वा जन जीवन र जन स्वास्थ्यका लागि खतरा हुन सक्ने किसिमले प्रदुषण सृजना गर्न वा तोकिएको मापदण्ड विपरीत कुनै यान्त्रिक साधन, औद्योगिक प्रतिष्ठान वा अन्य ठाउँबाट ध्वनी, ताप, रेडियोधर्मी विकिरण तथा फोहर मैला निष्काशन गर्न, गराउन हुँदैन भन्ने उल्लेख गरेको भएपनि घ्याम्पेखोला उत्खनन् र बस्ती नजिकै सञ्चालन गरिएको क्रसर उद्योगका कारण स्थानीयहरु केहि वर्ष देखी उक्त समस्या भोग्न बाध्य छन
उता गाउँपालिका उपाध्यक्ष दिर्बसिंह मोक्तानले स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा भएको ब्यवस्था र गाउँ कार्यपालिकाको बैठकको आन्तरिक कर संकलनका लागी ठेक्का ब्यवस्था गर्ने सम्बन्धी भएको निर्णय अनुसार नै घ्याम्पेखोलामा ठेक्का लगाइएको दाबि गरे । उनले भने, “उत्खनन् रोक्नेलाई पनि कानुन अनुसार कार्वाहि हुन्छ, नियम बिपरीत उत्खनन् गर्नेलाई पनि कार्वाहि हुन्छ ।” स्थानीयहरुसँगको छलफलमा गाउँपालिका कार्यालयले स्थानीयहरुलाई कार्वाही गर्ने चेतावनी दिएको नभएर कानुनी प्रावधानको बारेमा जानकारी गराएको बताए । 
ठेकेदार कम्पनिले गाउँपालिका कार्यालयमा काम गर्ने बातावरण बनाई दिन माग गर्दै निवेदन दिएपछि गरिएको छलफलमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षले स्थानीयका समस्या र गुनासाहरु सुन्ने र छलफल मार्फत समस्या हल गर्ने तर्फ भन्दा पनि धम्कीपूर्ण तरिकाले उत्खनन् सुरु गर्ने बातावरण बनाउन लाग्नु दुःखद रहेको स्थानीयहरुले बताए । 


, ,

0 comments

Write Down Your Responses