Powered by Blogger.
सात जिल्ला मध्येमा कम भ्रष्टाचार हुनेमा सिन्धुली दोस्रो नम्बरमा


सिन्धुली,२८ माघ । ३ वटा प्रदेशका सात जिल्लामा सिन्धुली कम भ्रष्टाचार हुने जिल्लाको दोस्रो नम्बरमा परेको पाइएको छ । 


अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले सोमवार सिन्धुलीमाढीमा सार्वजनिक गरेको भ्रष्टाचारका उजुरीको विवरणका आधारमा प्रदेश नं.१, प्रदेश नं.२ र प्रदेश नं.३ का सात जिल्ला मध्ये सिन्धुली जिल्ला कम भ्रष्टाचार हुने जिल्लाको दोस्रो नम्बरमा परेको पाइएको हो । 

अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासका अनुसार प्रदेश नं.१ को उदयपुर, प्रदेश नं.२ का सिराहा, रौतहट, धनुषा, महोत्तरी,सर्लाही र प्रदेश नं. ३ को सिन्धुली गरी सात जिल्लाबाट परेका उजुरीका आधारमा सिन्धुली कम भ्रष्टाचार हुने जिल्लामा दोस्रो नम्बरमा परेको छ । 

चालु आर्थिक वर्षको गत माघ १५ गते सम्म अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा परेका कुल १ हजार ३ सय ७६ उजुरी मध्ये सोही अवधीमा सिन्धुली जिल्लाबाट ६१ वटा मात्रै भ्रष्टाचारका उजुरी परेका छन् । 

यी सात जिल्लामा उदयपुर कम भ्रष्टाचार हुने जिल्लामा पहिलो नम्बरमा छ भने धेरै भ्रष्टाचार हुने जिल्लामा धनुषा परेको छ । 

अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको २८ औं स्थापना दिवसको अवसरमा अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले सोमवार सिन्धुलीमाढीमा “भ्रष्टाचार नियन्त्रण र कार्यालय प्रमुखको भुमिका” विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै कार्यालयको क्षेत्रभित्र पर्ने यी सात जिल्लाका उजुरीको विवरण सार्वजनिक गरिएको हो । 

चालु आर्थिक वर्षको सात महिनामा उदयपुर जिल्लाबाट सवैभन्दा कम ३७ वटा उजुरी परेको अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासका प्रमुख शिवराम न्यौपानेले जानकारी दिए । 

सिन्धुलीबाट ६१, सिराहाबाट २२१, रौतहटबाट २३६, सर्लाहीबाट २३८, महोत्तरीबाट २६३ र धनुषाबाट सवैभन्दा बढी ३२० वटा उजुरी परेको प्रमुख न्यौपानेले जानकारी दिए । 

तर कार्यालयमा परेका उजुरीहरु कमै मात्रामा फर्छाैट भएको पाइएको छ , उदयपुरबाट परेका ३७ वटा उजुरी मध्ये ५ वटा मात्रैं फछौंट भएका छन् । सिन्धुलीबाट परेका ६१ उजुरी मध्ये ७ वटा, सिराहाबाट परेका २२१ उजुरी मध्ये १९, रौतहटबाट परेका २३६ उजुरी मध्ये ७२, सर्लाहीबाट परेका २३८ उजुरी मध्ये १८, महोत्तरीबाट परेका २६३ उजुरी मध्ये २८ र धनुषाबाट परेका ३२० वटा उजुरी मध्ये ३७ वटा मात्रै फछौंट भएको  प्रमुख न्यौपानेले बताए ।  

अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको २८ औं स्थापना दिवसको अवसरमा भ्रष्टाचार विरुद्ध प्रतिबद्धता जनाउनका निम्ती आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रदेश नं.२ का प्रमुख सचिव दिपक सुवेदीले नेपालको भ्रष्टाचार कम गर्न नेपालीको प्रवृक्ति परिवर्तन पहिला हुनुपर्ने धारणा राखे । 

अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासका प्रमुख न्यौपानेले नेपालमा पछिल्लो समय संस्थागत रुपमा भ्रष्टाचार बढ्दै गएको बताए । उनले भने‘पछिल्लो समय मिलोमत्तोमा भ्रष्टाचार हुनेक्रम बढ्दै गएको छ । भ्रष्टाचार संस्थागत रुपमा विकास हुदै गएको छ’ । उनले भ्रष्टाचार कम गर्न राजनितिक प्रतिबद्धता सवैभन्दा महत्वपुर्ण रहेको समेत बताए । 

कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले अरु क्षेत्रमा भन्दा स्थानिय तहमा भ्रष्टाचार बढी हुन सक्ने आशंका व्यक्त गरे । उनले जनप्रतितिनिधि आएपछि भ्रष्टाचार झन मौलाएको आसय व्यक्त गर्दै कर्मचारीले मात्र भ्रष्टाचार कम गर्न भएकाले जनप्रतिनिधिलाई भ्रष्टाचार विरुद्ध अभिमुखीकरण आवश्यक रहेको बताए ।

कार्यक्रममा जिल्लाका सरकारी कार्यालयका प्रमुख,स्थानिय तहका कर्मचारी लगाएतको उपस्थिती रहेको थियो । 


, ,

0 comments

Write Down Your Responses