Powered by Blogger.
रेडियो श्रोता समुह पुर्नगठन

सिन्धुली,३ फागुन / सिन्धुलीको गोलन्जोर गाउपालिका ५ मा रहेको रेडियो श्रोता समुहको शुक्रवार पुर्नगठन गरिएको छ । यूएसएआईडी को आर्थिक सहयोग एफएचआई ३६० को साझेदारी र मानव अधिकार सचेतना तथा विकास केन्द्र हुराडेक नेपाल दोलखाद्धारा संचालिन पारस्परिक जवाफदेहीता परियोजना अन्तर्गत केही बर्ष अगाडी गठन भएको रेडियो श्रोता समुहको पुर्नगठन गरिएका हो । 

पुर्नगठित समुहको संयोजकमा रिता मंग्राती, उपसंयोजक कविता मंग्राती, सचिवमा बुद्धिमान रम्तेल चयन हुनु भएको मानव अधिकार सचेतना तथा विकास केन्द्र हुराडेक नेपाल दोलखा सिन्धुलीका कार्यक्रम संयोजक सुस्पा भुजेलले जानकारी दिनुभयो । 

त्यस्तै समुहको सहजकर्तामा मिना श्रेष्ठ चयन हुनुभएको छ । पुर्नगठित समुहको बैठकले प्रत्यक महिनामा दुई पटक अनिवार्य बैठक बस्ने, परियोजनाबाट प्रसारित नयाँ विषयमा सवैले सक्रिय सहभागीता जनाउने प्रतिबद्धता जनाइएको छ । 


, ,

0 comments

Write Down Your Responses