Powered by Blogger.
बिपन्न् बालबालिकालाई विद्यालय झोला बितरण

सिन्धुली, २ फाल्गुण । ग्रामिण महिला चेतना केन्द्र(भी डब्लु सि.सि.)सिन्धुलीले जिल्लाका विभिन्न् गाउँपालिकाका विपन्न् बालवालिकाहरुलाई विद्यालय झोला बितरण गरेको छ । 
संस्थाले वल्र्ड भीजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमाबाल स्पोन्सरसिप परियोजना मार्फत गरिब, विपन्न तथा जोखिममा रहेका तिनपाटन तथा गोलन्जोर गाउँपालिकाका २,१५८ बालबालिकालाई विद्यालयझोला वितरण गरेको हो । स्थानीय वडा कार्यालयसँग समन्यव गरी यसै साता तिनपाटन गाउँपालिका वडा नं.४,५ र ६ साथै गोलन्जोर गाउँपालिकाको वडा नं.२, ३, ४ र ६ का विद्यालय पढ्ने बालवालिकाहरुलाई झोलाा बितरण गरिएको परियोजना संयोजक प्रकाश शर्माले जानकारी दिए । 
आधारभूत तहमा अध्ययनरत बालबालिकाको पठनपाठनमा झोलावितरणले प्रत्यक्ष सहयोग गर्नेविश्वास व्यक्तगर्दै परियोजनाकाअनुगमनतथामूल्याङ्कन अधिकृत सुरजकुमार कार्कीलेझोला वितरण संगसगै सहभागी आर.सि बालबालिका तथा उनीहरुकाअभिभावकलाई आगलागीका कारण तथा यसबाट बच्ने उपायहरुको बारेमा अभिमुखीकरण कक्षासमेत संचालनगरिएको र सोहीअवसरमा सम्पूर्ण अभिभावकहरुलाई बालविवाह नगर्ने र नगराउने भनीनेपाली जुटौँ बालविवाह रोकौँभन्ने नाराका साथ प्रतिवद्धतामा सामूहिक हस्ताक्षर संकलन गरिएको बताए ।


,

0 comments

Write Down Your Responses