Powered by Blogger.
सिन्धुलीमा तीन बर्षमा जबरजस्ती करणीका ३८ मुद्धा दर्ता

सिन्धुली, ६ फाल्गुण । पछिल्लो तिन बर्षमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जबरजस्ती करणीका ३८ मुद्धा दर्ता भएका छन ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा आर्थिक वर्ष २०७२/७३ मा १५, २०७३/७४ मा १२ र आर्थिक वर्ष २०७४/०७५ मा ११ जबरजस्ती करणीका मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चक्र बहादुर सिंहले जानकारी दिए ।
प्रहरीको तथ्याङक अनुसार जबरजस्ती करणीका घटनामा सबैभन्दा बढी १६ बर्ष भन्दा मुनीका बालिकाहरु पिडित बन्ने गरेको देखिएको छ । पछिल्लो ३ वर्षमा १४ जना बालिकाहरु जबरजस्ती करणीका सिकार भएका छन । जबरजस्ती करणीको सिकार हुनेमा साधारण लेखपढ गर्नेहरुनै बढी रहेका छन । जबरजस्ती करणीमा पर्ने ३८ मध्ये २० जना साधारण लेखपढ गरेकाहरु मात्र रहेको प्रहरी तथ्याङकमा उल्लेख छ ।
भरखरै सरुवा भएर सिन्धुली आएका प्रहरी उपरिक्षक चक्र बहादुर सिंहले पत्रकार भेटघाट कार्यक्रममा तथ्याङक सार्वजनिक गर्दै जबरजस्ती करणीका घटना बढ्दै गएकाले त्यसको नियन्त्रणको लागी समुदाय र प्रहरी बीच साझेदारी गरी अगाडि बढ्नु पर्नेमा जोड दिए ।





, ,

0 comments

Write Down Your Responses