गोरेटो बाटो बाट लडी एकको मृत्यु
सिन्धुली,१५ फागुन
सिन्धुलीको हरिहरपुरगढी गाउपालिका –४ हाकपारा राई टोलमा गोरेटो बाटोबाट लड्दा एक जनाको मृत्यु भएको छ । बुधवार विहान साढे दश बजेको समयमा स्थानिय बजारबाट घर फर्किरहेको अवस्थामा डाडाको गोरेटे बाटो बाट लड्दा हाकपारा राईटोलका ७३ बर्षिया राम बहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
मृतक राई गोरेटो बाटोबाट २० मिटर तल खसी मरिण खोलाको जमेको पानीमा परी मृत्यु भएको भन्ने सुचना प्राप्त भएको प्रहरीको भनाई छ । सुचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगी अन्य अनुसन्धान कार्य भैरहेको र शव घटना स्थलमै रहेको प्रहरीको भनाई छ ।
0 comments
Write Down Your Responses